मधेश सरकार विस्तार, लोसपा र माओवादीबाट थपिए एक-एक मन्त्री

  २९ मंसिर, जनकपुरधाम । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ। सोमबार बिहान बसेको सातदलीय गठबन्धनको बैठकले सरकार विस्तार गर्ने सहमति गरेको थियो । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा दुई जना नयाँ मन्त्री नियुक्त भएका छन् । लोसपाबाट रानी कुमारी तिवारी शिक्षा तथा संस्कृति र माओवादी केन्द्रबाट जवाहरलाल कुश्वाहा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री बनेका […]

मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, पुस ४ गते मुख्यमन्त्रीले विश्वासको मत लिने

  २९ मंसिर, जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । उनले जनमतबाहेक सातदलीय गठबन्धनबाट मन्त्रालय तोकेर एकएक जना मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् । आज बसेको सातदलीय गठबन्धनको बैठकले तत्काल सात दलभित्रबाट प्रतिनिधित्व हुने गरी मन्त्रालयसहित एकएकजना मन्त्री नियुक्त गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी […]

मलंगवामा आज मदिरा र माछामासु बिक्री वितरणमा रोक

  २९ मंसिर, सर्लाही । राजु यादव सबैको साथ सर्लाही सदरमुकाम मलंगवामा श्रीमद् भागवत कथा महापुराण ज्ञान महायज्ञको कलश‌यात्राको अवसरमा एक दिन मदिरा तथा माछा/मासु बिक्री वितरणमा रोक लगाइएको छ । मलंगवा नगरपालिकाले हिजो एक सूचना जारी गर्दै मङ्सिर २९ गते सोमबारका दिन मदिरा तथा माछा/मासुको बिक्री वितरणमा रोक लगाएको हो । श्रीमद् भागवत कथा […]

जनकपुरधाममा ई–रिक्सा सञ्चालनमा उपमहानगरपालिकाको कडाई

  २९ मंसिर, जनकपुर । जनकपुरधाममा ई–रिक्सा सञ्चालनमा कडाई गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाले आइतबारदेखि उपमहानगरमा दर्ता रहेको ई–रिक्सा बाहेकलाई नगर भित्र सञ्चालन गर्न नदिने नियम लागू गरेको छ । उपमहानगरपालिकाले धनुषा ट्राफिक कार्यालयको सहयोगमा नगरप्रहरी सहित अन्य ठाउँमा दर्ता भएको ई–रिक्सालाई जनकपुरधाममा प्रवेश गर्न र चलाउनमा निषेध गरेको छ । जनकपुरधामको सडकमा बढ्दै गएको ई–रिक्साको […]

  सर्लाहीको चुरे क्षेत्रअन्तर्गत लालबन्दी नगरपालिका–१४ को माइस्थान आसपासका क्षेत्रमा प्रहरीले संयुक्त रुपमा करिब चालिस बिघा क्षेत्रफलमा गरिएको अवैध गाँजा खेती फडानी गरी नष्ट गरेको छ।   जिल्ला प्रहरी कार्यालयले शनिवार प्रेस विज्ञप्तिमार्फत चालिस बिघा क्षेत्रफलमा फैलिएको करिब दुई लाख बोट गाँजा फडानी गरी नष्ट गरिएको जानकारी दिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी […]

सर्लाही प्रहरीद्वारा एकै दिनमा ४० बिघा गाँजा फडानी

  सर्लाहीको चुरे क्षेत्रअन्तर्गत लालबन्दी नगरपालिका–१४ को माइस्थान आसपासका क्षेत्रमा प्रहरीले संयुक्त रुपमा करिब चालिस बिघा क्षेत्रफलमा गरिएको अवैध गाँजा खेती फडानी गरी नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालयले शनिवार प्रेस विज्ञप्तिमार्फत चालिस बिघा क्षेत्रफलमा फैलिएको करिब दुई लाख बोट गाँजा फडानी गरी नष्ट गरिएको जानकारी दिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको […]

सर्लाहीमा २१२ ग्राम हिरोइनसहित युवक पक्राउ

  २८ मंसिर, सर्लाही। सर्लाहीको लालबन्दी नगरपालिका–५ डाँडा टोलस्थित एक घरमा प्रहरीले प्रतिबन्धित लागुऔषध हिरोइन बरामद गरेको छ। शनिवार साँझ गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले इश्वरपुर नगरपालिका–३ भक्तिपुर घर भई हाल लालबन्दी–५ बस्ने ३४ वर्षीय सुवास लामिछानेको नवनिर्माणाधीन घरमा खानतलासी गर्दा २१२ ग्राम हिरोइन जस्तो देखिने सेतो धुलो पाउडर फेला पारेको हो। प्रहरीका अनुसार […]

लागुऔषध गाँजासहित सर्लाहीबाट दुई जना पक्राउ

  २८ मंसिर, सर्लाही। बरहथवा नगरपालिका–१२ स्थित प्रहरीले आइतबार लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। हरिवनबाट बेल्हीतर्फ आउँदै गरेको प्रदेश–१–०२–०५२ प ३५०६ नम्बरको रातो–कालो पल्सर मोटरसाइकलमा सवार दुई व्यक्तिलाई शंका लागेर रोकेर जाँच गर्दा उनीहरूको साथबाट ३१ केजी ५९० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ। मोटरसाइकलको बीचमा प्लास्टिकको बोरामा लुकाएर ल्याइएको अवस्थामा गाँजा […]

धुपबाट फैलिएको आगोले सर्लाहीमा गोठघर खरानी, लाखौँको क्षति

  २८ मंसिर, सर्लाही । राजु यादव सबैको साथ सर्लाहीको गोडैता नगरपालिका–१२ मधुवनीमा शनिबार साँझ आगलागी हुँदा एक घरगोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ । स्थानीय शिवजी पासवानको घरमा लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। आगलागी भएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी मधुवनी गाउँबाट प्रहरी हवल्दार गौरीशङ्कर […]

दुम्सी मार्ने क्रममा प्वालमा फसेका पुरुषको सकुशल उद्धार

  २८ मंसिर,सप्तरी । अजय यादव दुम्सी मार्ने क्रममा प्वालमा फसेका एक पुरुषको सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरेको छ। सप्तरीको कञ्चनरुप नगरपालिका–११, बक्सा निवासी करिब ५० वर्षीय दिलीप रेग्मी दुम्सी बस्ने प्वालमा छिर्ने क्रममा अड्किएका थिए। उनी प्वालभित्र फसेपछि बाहिर ननिस्किएपछि साथमा गएका व्यक्तिहरूले तत्काल सुरक्षाकर्मीलाई खबर गरेका थिए। सूचना प्राप्त भएपछि सशस्त्र […]