मधेश सरकारको ‘घुमौ मधेश, बुझौ मधेश’ को संयोजकमा ठाकुर नियुक्त

८ मंसिर, काठमाडौं ।मधेश प्रदेश सरकारको कार्यक्रम ‘घुमौ मधेश, बुझौ मधेश’ को संयोजकमा विकासकुमार ठाकुर नियुक्त भएका छन् । नेपाल फाउन्डेसनको संस्थापक भएर पर्यटन प्रवर्द्धनमा योगदान गर्दै आएका सर्लाही निवासी ठाकुरलाई मधेश प्रदेश सरकारले मधेशको पर्यटन प्रवर्द्धनको अभियान सञ्चालनको संयोजन गर्ने जिम्मेवारी दिएको हो । मुख्यमन्त्री सतिशकुमार सिंह र उद्योग वाणिज्य तथा पर्यटन मन्त्री […]
बसको ठक्करबाट बालिकाको मृत्यु

६ मंसिर, धनुषामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका-३ स्थित सडकमा सर्साचोकबाट धनुषाधामतर्फ आउँदै गरेको ना.१ क ९६९६ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने सरोज शर्माकी छोरी ३ वर्षीया मान्सी शर्माको बिहीबार बिहान मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको […]
कप्तान पुजा महतो जनकपुरको ‘फेस अफ बोल्ट्स्’ घोषित

३ मंसिर, धनुषा — नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्टस्ले यु-१९ महिला क्रिकेट टिमकी कप्तान पुजा महतोलाई फेस अफ बोल्ट्स् घोषणा गरेको छ । जनकपुरमा सोमबार साझ आयोजित जर्सी अनावरण कार्यक्रममा जनकपुर बोल्ट्सले कप्तान महतोलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको छ । सम्मानित भएपछि सम्बोधन गर्दै महतोले जनकपुर बोल्ट्सले नामजस्तै […]
जनकपुरधामका संस्थागत शैक्षिक संस्था आजदेखि अनिश्चितकालीन बन्द

३ मंसिर, जनकपुरधाम । जनकपुरधामको संस्थागत शैक्षिक संस्था आजदेखि अनिश्चित समयका लागि बन्द भएको छ । छात्रवृत्तिमा अध्ययनको शुल्को विषयलाई हिसान, प्याब्सन र एनप्याब्सनले संयुक्तरुपमा आजदेखि अनिश्चितकालीन शैक्षिक संस्था बन्दको आह्वान गरेको हो । संस्थागत विद्यालयको कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीको अन्य शुल्कको विषयमा जनकपुरधाम उपमहानगरपालिका १४ कात्तिकमा गरेको निर्णय फिर्ता […]
विवाहपञ्चमीका लागि जनकपुरबाट अयोध्या निम्तो पठाइयो

१ मंसिर, जनकपुरधाम । विवाह पञ्चमी महोत्सवलाई लिएर जनकपुरधामबाट विश्व हिन्दुपरिषदका पदाधिकारीहरु तिलक र निमन्त्रणा पत्र लिएर भारतको अयोध्या गएका छन् । भगवान राम र सीताको विवाहलाई लिएर ५ सयको संख्यामा तिलक र अयोध्याबाट २१ मंसिरमा विवाह पञ्चमीका दिन आउने जन्तीका लागि आमन्त्रण पत्रसहित अयोध्याका लागि शनिबार प्रस्थान गरेका हुन् । तिलक लिएर जाने […]
मधेस सरकारले पूजा महतोसहित ३ खेलाडीलाई सम्मान गर्ने

१ मंसिर, जनकपुरधाम । मधेस प्रदेश सरकारले यू-१९ राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोसहित ३ खेलाडीलाई सम्मान गर्ने भएको छ । आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुन सफल भएकोमा महतोसहित सना प्रवीण र अलिशा कुमारी यादवलाई नगदसहित सम्मान गर्ने लागिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । खेलकुद तथा समाज कल्याण मन्त्रालयले […]
१६ करोड खर्चेर बनाइएको प्रसूतिगृह प्रयोगविहीन

२९ कात्तिक, जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाम अन्तर्गतको प्रादेशिक अस्पताल परिसरमा १६ करोड रुपैयाँ खर्चेर बनाइएको प्रसूतिगृह (बर्थिङ सेन्टर) उदघाटन भएको सात महिना पुगिसक्दा पनि प्रयोगमा आएको छैन । अमेरिकी इण्डो प्यासिफिक कमाण्ड र अमेरिकी राजदूतावासको सहयोगमा निर्मित ७० बेड क्षमताको धनुषा बर्थिङ सेन्टर १६ चैत २०८० मा उदघाटन गरिएको थियो । […]
१० हजार किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम दिँदै वीरगञ्ज महानगरपालिका

२७ कार्तिक, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले दश हजार बढी किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ। किशोरीहरु माथी हुने हिंसाजन्य गतिविधि न्यूनीकरण गर्दै उनीहरूको आत्मबल अभिवृद्धि गर्न महानगरले तालिम सञ्चालन गर्न लागेको हो । ‘महानगरमा बस्ने किशोरीहरू ढुक्ककासाथ जुनसुकै बेला हिँडडुल गर्न सकुन् । कुनै प्रकारको आत्मविश्वासको कमी नहोस् भनेर आत्मरक्षा तालिम दिन लागेका हौँ,’ वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले भने, ‘महानगरमा […]
पोखराबाट जनकपुर आउँदै गरेको बस रौतहटमा दुर्घटना, १२ यात्रु घाइते

२७ कात्तिक, जनकपुरधाम । रौतहटको चन्द्रनिगाहपुरमा पोखराबाट जनकपुर तर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । आज बिहान पूर्वपश्चिम लोकमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका २ लचका नजिकै ग.१ ख.५८०७ नम्बरको बस बाटो काट्दै गरेको स्याललाई बचाउने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक रायका […]
साल्ट कर्पोरेसन धनुषाद्वारा १८ करोड ६२ लाखको नुन बिक्री

२७ कात्तिक,जनकपुरधाम,। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड शाखा कार्यालय धनुषाले गत आर्थिक वर्ष २०८०/८१ मा रु १८ करोड ६२ लाख ८१ हजार मूल्यबराबरको आयोडिनयुक्त नुन बिक्री गरेको छ । धनुषा, महोत्तरी तथा सिन्धुली कार्यक्षेत्र रहेको सो कार्यालयले उक्त तीनवटा जिल्लामा आफ्ना २५ डिलरमार्फत आयोडिनयुक्त नुन बिक्री गरेको हो । कार्यालयका अनुसार चालु आर्थिक वर्षको तीन […]
