सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्न श्रम तथा यातायात मन्त्री यादवको निर्देशन

अमरेश कुमार पाण्डेय  ३ असार, कलैया। आषाढ जनतासँग उठाएको राजश्वबाट हामी सबैले तलब भत्ता पाउने भएकोले सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्न मधेश प्रदेशको श्रम तथा यातायात मन्त्री कौशल कुमार यादवले निर्देशन दिएका छन्।मन्त्री यादव सोमबार बारा जिल्लाको निजगढ स्थित एक कार्यक्रम  उपस्थिति भएको समयमा यातायात ब्यबस्था कार्यालय कलैयामा सोमबार नै अनुगमन गरेका छन्। अनुगमनको […]

सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरत थापा ५० लाख धरौटीमा रिहा

२ असार, सर्लाही । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरतबहादुर थापा धरौटीमा रिहा भएका छन् । सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो । थापामाथि अवैध रूपमा ढुङ्गा, गिटी र बालुवा उत्खनन गरी वन ऐनको उल्लङ्घन गरेको आरोप लागेको छ । उनीमाथि ४७ लाख घनमिटरभन्दा बढी […]

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

२ असार, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको एघार महिनामा रु एक खर्ब ५८ अर्ब ६० करोड ४३ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा कूल वार्षिक लक्ष्यको ७९ दशमलव प्रतिशत राजस्व सङ्कलन गरेको हो । कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले आगामी आर्थिक वर्षको बजेटले उत्साह जगाएकाले पनि जेठ महिनामा राजस्व […]

विपन्न बालबालिकालाई पोषण तथा शैक्षिक सामग्री सहयोग

२ असार, पाल्पा ।  पाल्पाको रामपुर नगरपालिकाकाले बालबालिकालाई पोषण तथा सहायक शैक्षिक सामग्री प्रदान गरेको छ । शारीरिक तथा मानसिक समस्यामा रहेका, दीर्घरोगी, पारिवारिक लगायतका विभिन्न समस्यासँग जुँधिरहेका बालबालिकालाई पोषणयुक्त आहार, पठनपाठनका लागि सहायक सामग्री सहयोग गरिएको छ । यहाँका छजना बालबालिकालाई राहतस्वरुप आपतकालीन बालउद्धार कोषमार्फत पोषण सामग्री र पठनपाठनका लागि सहायक सामग्री प्रदान गरिएको […]

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

२ असार, हुम्ला ।  हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल बस्तीमा आगलागी हुँदा आठघर नष्ट भएका छन् । गएराति स्थानीयवासी विर्ख रावतको घरको गोठबाट सुरु भएको आगलागी आज विहानसम्म नियन्त्रणमा आउन नसकेको जनाइएको छ । आगलागीबाट आठवटा घर जलेर पूर्ण नष्ट भएको स्थानीयवासी धनबहादुर रावतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “आगो के कति कति कारणले […]

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

२ असार, काठमाडौँ ।  सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक आय र व्ययको अनुमान (बजेट) सम्बन्धित प्रदेशसभामा पेस गरेका छन् । कर्णाली प्रदेशले आइतबार मध्यरातमा बजेट ल्याएको छ । केन्द्र सरकारमा जस्तै प्रदेशमा पनि न्यून राजस्व र स्रोतको चाप व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिन्छ । सबैजसो प्रदेशले अघिल्ला आर्थिक वर्षमा खर्च गर्न नसकेर […]

पाँच बुँदे सहमतिपछि राजन सिंहले गरे अनसन स्थगित

 १ असार, सर्लाही,। सर्लाहीको बरहथवा नगरपालिकामा पाँच बुँदे माग राखी आमरण अनसनमा बसेका जनमत पार्टी बरहथवा नगर कमिटीका अध्यक्ष राजन सिंहले आज दिउँसो अनसन स्थगित गरेका छन्। नगर प्रमुख कल्पनाकुमारी कटुवाल, उपप्रमुख रामबाबुप्रसाद साह, जनमत पार्टीका जिल्ला इन्चार्ज श्रीचन यादव (सुजन) लगायत सरोकारवालाबीचको वार्तामा सिंहले उठाएका सबै मागहरू सम्बोधन गर्ने सहमति भएपछि अनसन तोडिएको हो। […]

गण्डकीको बजेट कृषिमा २ अर्ब ८ करोड

१ असार, पोखरा ।   गण्डकी प्रदेश सरकारले कृषि तथा भूमि व्यवस्था मन्त्रालयका लागि २ अर्ब ८ करोड रुपैयाँ विनियोजन गरिएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा टकराज गुरुङले प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै विगतदेखि सञ्चालनमा आएका कार्यक्रमलाई निरन्तरता दिँदै उक्त बजेट पेस गरेका हुन् । सुन्तला, आलु लगायतका […]

मधेश प्रदेशको आगामी वर्षको बजेट मन्त्रिपरिषदबाट पारित

१ असार, जनकपुरधाम : मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित बजेट मन्त्रिपरिषद्को बैठकबाट पारित गरेको छ। आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बजेट अनुमोदन गरेपछि अब सो बजेट प्रदेश सभामा प्रस्तुत गर्ने तयारी गरिएको हो। मुख्यमन्त्री सतिश कुमार सिंहले मन्त्रिपरिषद्को बैठकबाट बजेट पारित भइसकेको जानकारी दिँदै अब प्रदेश सभा बैठकमा अर्थमन्त्रीले […]

मधेश प्रदेशको आगामी वर्षको बजेट मन्त्रिपरिषदबाट पारित

१ असार, जनकपुरधाम : मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित बजेट मन्त्रिपरिषद्को बैठकबाट पारित गरेको छ। आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बजेट अनुमोदन गरेपछि अब सो बजेट प्रदेश सभामा प्रस्तुत गर्ने तयारी गरिएको हो। मुख्यमन्त्री सतिश कुमार सिंहले मन्त्रिपरिषद्को बैठकबाट बजेट पारित भइसकेको जानकारी दिँदै अब प्रदेश सभा बैठकमा अर्थमन्त्रीले […]