मलंगवामा नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलन सुरु (फोटो फिचर)

२० भदौ, सर्लाही । मलंगवा जेसीजको आयोजनामा नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलन आजदेखि सर्लाही सदरमुकाम मलंगवामा सुरु भएको छ। सम्मेलनको उद्घाटन मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र प्रसाद यादवले‌ गर्नुभयो । फोटो फिचर      

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

१९ भदौ, जनकपुर ।  मधेश प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमलप्रसाद बरालद्वारा बिहीबार जारी सूचनामा शुक्रबार प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाइएको छ । मधेश प्रदेशको २२ चैत २०८१ मा प्रकाशित राजपत्रमा उल्लेख रहेको थप बिदासम्बन्धी सूचनाअनुसार मोहम्मद जयन्तीका अवसरमा बिदा दिइएको मन्त्रालयद्वारा जारी […]

विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न मन्त्री देवकोटा निर्देशन

१९ भदौ, हेटौंडा । हेटौंडा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले मातहतका निकायहरूलाई आफ्नो विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न निर्देशन दिएका छन् । उनले एक निकायको काममा अर्कोले हस्तक्षेप गर्ने र आफ्नो विज्ञताभन्दा बाहिर गएर काम गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा हेटौँडामा आयोजित ‘वार्षिक प्रगति समीक्षा […]

कोल्टी आधारभूत अस्पतालाई ‘उत्कृष्ट स्वास्थ्य संस्था’को अवार्ड

१९ भदौ, बाजुरा । बाजुराको पुर्वी उत्तरी भेगको बुढिनन्दा नगरपालिका कोल्टीमा रहेको कोल्टी आधारभूत अस्पताल यस बर्षको ‘स्वास्थ्य खवर हेल्थ’अवार्ड अन्तर्गत स्वास्थ्य संस्था विधामा ‘उत्कृष्ट स्वास्थ्य संस्था’को रुपमा पुरस्कृत भएको छ। विकट क्षेत्रका नागरिकहरुलाई सहज रुपमा सेवा प्रदान गर्दै आएको अस्पताललाई स्वास्थ्य खबर पत्रिकाको १६ औं वार्षिकोत्सव तथा १३ औं हेल्थ अवार्ड कार्यक्रममा ‘उत्कृष्ट स्वास्थ्य […]

कर्णाली राजमार्गमा पहिरोले यातायात अवरुद्ध

१९ भदौ सुर्खेत । ‎कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा बुधबार राति पुनः पहिरो खसेको छ ।‎ यसअघि पटकपटक पहिरो गई अवरुद्ध हुँदै आएको यस खण्डमा फेरि पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । ‎‎प्रहरीका अनुसार, पहिरो पन्छाएर राजमार्ग सुचारु गर्न केही समय लाग्नेछ । ‎गगने खोला क्षेत्रमा यसअघि शनिबारदेखि […]

बारामा ५ किलो गाँजासहित युवक पक्राउ

१८ भदौ, काठमाडौं । बाराको इलाका प्रहरी कार्यालय सिमराले ५ किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। आज बिहान ७:३० बजे जितपुर सिमरा उपमहानगरपालिका–१ स्थित पूर्वटोलमा भारतीय नम्बरको मोटरसाइकल (BR 05 M 7718) चेकजाँच गर्ने क्रममा मोटरसाइकलको ट्याङ्कीमुनी लुकाइएको अवस्थामा गाँजा फेला परेको हो। पक्राउ परेका व्यक्ति जितपुर सिमरा–११ खेस्रोलका २० वर्षीय मुना यादव रहेका […]

गोरखा दुर्घटना : २१ जना घाईतेमध्य ३ जना काठमाडौं रिफर

गोरखा दुर्घटना : २१ जना घाईतेमध्य ३ जना काठमाडौं रिफर काठमाडौं । काठमाडौंबाट गोरखाको माछिखोलाका लागि छुटेको रात्रिबस दुर्घटनाका क्रममा घाइते भएकाहरुको विवरण खुलेको छ । उक्त बसमा सवार २२ जना मध्ये चालक सहित २१ जना घाईते भएको, प्रहरी बरिष्ठ उपरिक्षक तुल बहादुर कार्कीले जनाएका छन् । साथै, उनले २१ जना मध्ये ३ जनालाई काठमाडौं […]

सप्तकोसीमा पानीको सतह बढ्दै, सोलुमा थामे खोलाले ५ घर बगायो

विराटनगर ।  लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह तीव्र गतिमा बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी योगराज खतिवडाका अनुसार राति १० बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड २ लाख ७३ हजार ९२५ क्युसेक पुगेको थियो । बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले कोसी ब्यारेजका ५६ मध्ये ३९ ढोका […]

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

  काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको हुनाले नेपालमा मनसुन केही कमजोर रहेको छ भने बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पनि भित्रि रहेको छ । जसका कारण, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा […]

दार्चुलाको नौगाड नदीमा अटोरिक्सा खस्दा ३ जना बेपत्ता

१६ भदौ,दार्चुला । नौगाडबाट गोकुलेश्वर जाँदै गरेको अटोरिक्सा नौगाड नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । नौगाड गाउँपालिका–५ सौकेबगर नजिकबाट म १ ख ११४८ नम्बरको अटो नौगाड नदीमा खसेर तीन जना महिला बेपत्ता भएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार तीन जना यात्रु अटोसहित नदीमा खसेर बेपत्ता भएका छन् । उद्धारको प्रयास […]