बर्दियामा बाघको आक्रमणबाट १२ वर्षीय बालकको मृत्यु

७ पुस, बर्दिया। बर्दियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। बारबर्दिया नगरपालिका– ४ बैरिया गाउँका १२ वर्षीय सुमित चौधरीको बाघको आक्रमण बाट मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले जानकारी दिए। आज बिहान साढे ११ बजेतिर सामुदायिक वन नजिकै सुमितलाई बाघले आक्रमण गरेको थियो। उनको उद्धार गरी उपचारका लागि अस्ताल लगिएकोमा दिउँसो साढे […]
माेटरसाइकल ठोक्किँदा बारामा दुई जनाको मृत्यु

७ पुस, बारा । बारामा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। गएराति १२:१० बजे बाराको प्रसौनी गाउँपालिका-२ दुधौरी खोला पुलमा म.प्र. ०३-०३०- प ४३९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पुलको पिलरमा ठोक्किएर दुर्घटना भएको थियो। बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेका अनुसार दुर्घटनामा परी मोटरसाइकलमा सवार कलैया उपमहानगरपालिका-१३ बलिरामपुरका २२ वर्षीय कुन्दन मेहत्रा र […]
राष्ट्रपति पौडेल उद्योगीहरूको भेलालाई सम्बोधन गर्न विराटनगर आउँदै

७ पुस, विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेल आज विराटनगर आउने भएका छन् । नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आयोजना गर्ने प्रजातन्त्र सेनानीहरूको सम्मान तथा उद्योगीहरूको भेलालाई सम्बोधन गर्न उनी विराटनगर आउन लागेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । पौडेल बिहान ११ बजे विराटनगर आई पुग्ने कार्यक्रम तय भएको छ । उनले विराटनगरस्थित एक होटेलमा केही समय […]
पक्राउ पुर्जी जारी भएपछि फरार भए सहकारी पूर्वरजिस्ट्रार

७ पुस, पोखरा । कास्कीको मित्रमिलन सहकारीको कार्यक्षेत्र थप गर्न रकम लिएको खुलेपछि सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिष्ट्रार उदयबहादुर पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पराजुली पक्राउ पुर्जी जारी भएपछि सम्पर्क बिहिन भएका छन् । केही दिनअघि जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको र उनको खोजी भइरहेको कास्की प्रहरीले जनाएको छ । […]
कांग्रेस बागमती प्रदेश सम्मेलन आज

७ पुस, काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदै छ । कांग्रेस बागमती प्रदेश समितिले शुक्रबार पत्रकार सम्मेलन गरेर सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले प्रदेश सम्मेलनका लागि बागमती प्रदेशका १३ वटै जिल्लाका पार्टीका पदाधिकारी एवं सदस्य सहभागी हुने जानकारी दिए। सम्मेलनको पार्टी […]
विद्यालयमा अनुशासन इन्चार्ज (डीआई) नराख्न काठमाडौँ महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालयमा अनुशासन इन्चार्ज (डीआई) नराख्न निर्देशन दिएको छ । केही विद्यालयहरूमा अनुशासन कायम राख्ने भन्दै अनुशासन इन्चार्ज (डीआई) राख्ने गरेको गुनासो आएको भन्दै त्यस्तो नगर्न निर्देशन जारी गरेको हो । डीआईले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजाय समेत दिने गरेको पाइएको भन्दै महानगरले त्यस्तो नराख्न […]
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारको तयारी, मुख्यमन्त्रीलाई शेखर-गगन समूहको चेतावनी

६ पुस, बुटवल । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तारलाई लिएर सत्तारुढ नेपाली कांग्रेसभित्र विवाद बढेको छ । शेखर कोइराला–गगन थापा पक्षले मन्त्रिपरिषद्मा आफ्नो पक्षलाई नसमेटे विद्रोह गर्ने चेतावनी मुख्यमन्त्रीलाई दिएका छन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई मन्त्री थप्न खोजेका छन् । उनले कांग्रेस र माओवादीबाट एकएक जनालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । कांग्रेस […]
विद्यार्थीलाई अनावश्यक पोसाक किन्न बाध्य पार्ने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी

६ पुस, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगर मातहतमा सञ्चालित केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो आएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । आज एक सूचना जारी गर्दै महानगरले तोकिएको विद्यालय पोसाकबाहेक अन्य पोसाक किन्न विद्यार्थीलाई बाध्य नगर्न विद्यालयलाई अनुरोध गरेको छ । कोही कसैले परिपत्र विपरीत […]
प्रधानमन्त्री प्रचण्डद्वारा इनरुवा सबस्टेसन समुद्घाटन

६ पुस, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरण इनरुवा सव स्टेशनको उद्घाटन गरेका छन् । शुक्रबार सुनसरीको इनरुवास्थित भोक्राहामा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ४०० /२२०/१३२/३३ केभी क्षमताको सवस्टेशन उद्घाटन गरेका हुन् । सवस्टेशनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले केही समयमै नेपाल सम्पुर्ण रुपमा उज्यालो हुने बताए । ‘अहिले ९८ प्रतिशत जनतामा विद्युत पुगेको […]
धनुषामा प्रहरी हिरासतमा एकजनाको मृत्यु, अवस्था तनावग्रस्त

६ पुस, जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा गए राति एक जनाको मृत्यु भएको छ । स्थानीय दीपनारायण मण्डलको मृत्यु भएको हो । प्रहरीले कुटपिट गर्दा मृत्यु भएको भन्दै बिहानैदेखि स्थानीयले प्रदर्शन गरेका छन् । आक्रोशितले समूहले इलाका प्रहरी कार्यालयमा ढुंगामुढासमेत गरेका छन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले स्थिति नियन्त्रणमा […]
