मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले लिए पद तथा गोपनीयताको शपथ

२५ कात्तिक, काठमाडौं ।  मधेश प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा मङ्गलबार उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो । राष्ट्रपति कार्यालयको शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरेलसँगै संवैधानिक अङ्गका प्रमुख, उच्च पदस्थ कर्मचारी र कूटनीतिक नियोगका […]

धुलोरहित सडक अभियानमा काठमाडौं महानगर, ढल, सडक मर्मत, कालोपत्रे धमाधम

२५ कात्तिक, काठमाडौं ।  काठमाडौं महानगरपालिकाले सहरलाई धुलोमुक्त बनाउने कार्यक्रम अन्तर्गत सहरमा विग्रेका सडकको मर्मत, ढल मर्मत, खाल्टाखुल्टी भएका सडकमा कालोपत्रे तथा ढलान गरिरहेको छ । महानगर गौरव योजना अन्तर्गत वडाबाट आएको मागका आधारमा काम गरिने ‘धुलोरहित सडक’ कार्यक्रमअन्तर्गत पश्चिम क्षेत्रमा करिब ८ किलोमिटर सडक सुधार योजना कार्यान्वयन थालिएको छ । धुलोरहित सडक कार्यक्रम पश्चिम […]

मधेश सरकार गठनविरुद्ध ७४ सांसदको हस्ताक्षरसहित सर्वोच्च पुगे दलहरू

२५ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध सांसदहरूले सर्वोच्च अदालतमा रिट हाल्ने भएका छन् । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध दलहरू सर्वोच्च अदालत पुगेका छन् ।  उनीहरु मधेशका ७४ प्रदेश सांसदको हस्ताक्षरसहित दलहरु रिट दिन सर्वोच्चमा पुगेका हुन् । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव, जसपा […]

धनुषामा मिटरव्याज पीडित महिलाको विभत्स ह*त्या, गहना पनि लुटियो

२५ कात्तिक, जनकपुरधाम । धनुषामा एक महिलाको विभत्स हत्या भएको छ । धनुषाको हंसपुर नगरपालिका-७ नौवाखोरकी ६२ वर्षीया चन्द्रकला देवी दासको हत्या भएको हो । सोमबार साँझ घरभन्दा ५०० मिटर टाढा खेतमा अनुहार तथा टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा उनको शव फेला परेको धनुषाका प्रहरीका प्रवक्ता डीएसपी गणेश बमले जानकारी दिए । […]

लालबन्दी नगरपालिका स्वास्थ्य क्षेत्रमा जिल्लाकै उत्कृष्ट

  सर्लाही। स्थानीय तह र मातहतका स्वास्थ्य संस्थाहरूबाट सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको जिल्लास्तरीय वार्षिक समीक्षामा प्रगति मूल्याङ्कन गर्दा जिल्लाका २० स्थानीय तहमध्ये लालबन्दी नगरपालिका पहिलो भएको छ। नगरपालिकाले ९९ अंक प्राप्त गरी जिल्लामै प्रथम स्थान हासिल गरेको हो। स्वास्थ्य सेवा प्रवाहमा पहिलो स्थान हासिल गर्न सफल लालबन्दी नगरपालिकालाई प्रमुख जिल्ला अधिकारी रामु राज कडरिया र […]

मधेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पत्रकार सम्मेलन गर्दै

२५ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पत्रकार सम्मेलन गर्न लागेका छन् । आज बिहान ११ बजे जनकपुरको जानके चार होटलमा उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् । पछिल्ला घटनाक्रमको बारेमा उनले आज आफ्ना धारणा राख्ने मुख्यमन्त्रीका सचिवालयका रन्जित सिंहले जानकारी दिए । दलहरूलाई छलेर प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई […]

संविधान र पदीय गरिमा भुल्दा गुम्यो प्रदेश प्रमुख पद

२४ कार्तिक, काठमाडौं। मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई सरकारले पदमुक्त गरेको छ । पदीय गरिमा विपरीत होटलमा बसेर एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त र शपथ गराएपछि उनको पद गुमेको हो । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले उनलाई पदबाट हटाउने निर्णय गर्दै सुरेन्द्र लाभलाई नयाँ प्रदेश प्रमुखको रुपमा सिफारिस गरेको छ । […]

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

२४ कात्तिक, काठमाडौं। सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाएको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले उनलाई पदबाट हटाएको हो । ‘मधेशमा भएको पछिल्लो घटनाक्रमका आधारमा उहाँलाई हटाइएको हो।’ सरकारका प्रवक्ता एवं सञ्‍चारमन्त्री खरेलले भने । आइतबार मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई कांग्रेससहितका सात दलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम […]

मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद: अदालतमा रिट दायर गर्न ७४ सांसदले गरे हस्ताक्षर

२४ कात्तिक, जनकपुरधाम । मुख्यमन्त्रीमा यादवलाई नियुक्त गरेको बिषयमा मधेश प्रदेशका सात राजनीतिक दलहरु अदालत जाने भएका छन्। मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेशमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालय तोडफोड भएको छ।  स्वास्थ्य उपचारका लागि काठमाडौं प्रस्थान गर्ने क्रममा सोमबार बिहानै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेश सभाको सबैभन्दा […]

मधेसलाई स्वायत्त प्रदेश घोषणा गर्न सिके राउतको माग

२४ कात्तिक, जनकपुरधाम।  जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेस प्रदेशलाई स्वायत्त घोषणा गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा राउतले मधेस प्रदेश सभाको दुई तिहाई सांसदको समर्थनमा मधेसलाई स्वायत्त घोषणा गर्न माग गरेका हुन्। ‘अहिलेको संघीय सरकार नै कुन संविधान अनुसार बनेको छ र? आन्दोलनको माग बमोजिम बनेको छ,’ राउतले लेखेका छन्, ‘त्यसैले हामीले पनि मधेसी […]