सुदूरपश्चिम सरकारमा राजनीतिक हलचल : मन्त्री चौधरी बर्खास्त

१९ असार, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई पदबाट बर्खास्त गरेका छन् । बिहीबार मन्त्रीपरिषद् पुनर्गठनको क्रममा मुख्यमन्त्री शाहले चौधरीलाई पदमुक्त गरेका हुन् । मुख्यमन्त्री कार्यालयका अनुसार मन्त्री चौधरीलाई केही समयअघि नै राजीनामा दिन निर्देशन दिइएको थियो । तर, चौधरीले राजीनामा दिन अस्वीकार गर्दै राजीनामा […]

‘कलकतिया बाली’ की पात्रको मृत्यु प्रकरण : घटना शंकास्पद केही देखिएन

१९ असार, काठमाडौं । मधेशमा प्रख्यात हास्य व्यङ्ग्य युट्युब सिरियल ‘कलकतिया बाली’ की चर्चित पात्र हुन् अंशा सदा । उनको मृत्यु प्रकरणमा अहिलेसम्म केही शंकास्पद विषयहरु फेला नपरेको प्रहरीले बताएको छ । ८ असारको राति अंशा मृत अवस्थामा भेटिएपछि अनुसन्धान अघि बढाएको प्रहरीले अहिलेसम्म कुनै शंकास्पद विषयहरु फेला नपरेको बताएको छ। घटनाका बारेमा प्राविधिकदेखि म्यानुअल […]

सर्लाहीमा रुखको हाँगामा झुन्डिएको अवस्थामा एक युवती मृ*त फेला

१६ असार, सर्लाही  । सर्लाही जिल्लाको मलंगवा नगरपालिकास्थित गम्हरिया गाउँ नजिकै एक युवती झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । करिब १९ देखि २० वर्ष उमेरकी देखिने ती युवतीको शव गम्हरिया गाउँको उत्तरतर्फ, चमेली माई स्थान पुग्नुअघि पर्ने पुलको पूर्वतर्फको रुखमा झुन्डिएको अवस्थामा भेटिएको हो । स्थानीय बासिन्दाका अनुसार बिहानै स्थानियहरुले रुखमा शव देखेपछि प्रहरीलाई खबर गरेका […]

महोत्तरीमा टिपरको ठक्करबाट एक जनाको मृ*त्यु, एक जना घाइते

१६ असार, महोत्तरी । महोत्तरीमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा लोहारपट्टी नगरपालिका-१ बगराका १७ वर्षीय नीतिश भगत रहेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले जानकारी दिए । उनी मोटरसाइकल चालक हुन् ।यस्तै मोटरसाइकलमा पछाडि सवार जनकपुरधाम उपमहानगरपालिका ४ विश्वकर्माचोकका ३२ वर्षीय रुपेश भगत गम्भीर घाइते […]

पर्सा गाउँपालिकाको १५औ गाउसभा सप्पन्न, ३४ करोड ३१ लाखको बजेट प्रस्तुत

१३ असार, सर्लाही । सर्लाहीको पर्सा गाउँपालिकाले शुक्रबार १५ औँ गाउँ सभामा आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष धीरेन्द्र राय (विस्पत) ले गाउँ सभामा ३४ करोड ३१ लाख ८६ हजार रुपियाँ बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो । यो सँगै सर्लाहीमा २० वटै पालिकाले बजेट ल्याएका […]

टिपरको ठक्करबाट स्कुटर चालकको मृ*त्यु

१३ असार, पोखरा  ।  पोखरा महानगरपालिका-१७, छोरेपाटनमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्याङ्जाको फेदीखोला गाउँपालिका-१ सर्केटारी बस्ने ४२ वर्षीया मिना क्षेत्री रहेकी छन्।  ग.१ क ३४४५ नम्बरको टिपरले ग.२६ प १२५९ नम्बरको स्कुटरलाई शुक्रबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी […]

गण्डकी प्रदेश सरकारको बजेट पारित

१३ असार, काठमाडौं । गण्डकी प्रदेश सरकारको आगामी आव २०८२/८३ को बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ । यही असार १ गते सार्वजनिक बजेट र मन्त्रालयगत विनियोजनमाथि प्रदेशसभामा भएको छलपछि शुक्रबार बजेट पारित गरिएको हो । यसअघि बजेटमाथि प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नको मन्त्रीहरू र मुख्यमन्त्रीले प्रदेशसभामा जवाफ प्रस्तुत गर्नुभएको थियो । आजको बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले […]

बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

१३ असार, बारा । जिल्ला प्रहरी कार्यालय बाराको टोलीले सिमरा–वीरगन्ज सडकखण्डमा चेकजाँचका क्रममा करिब ४३ लाख ३४ हजार बराबरको राजश्व छलीको आशङ्कामा सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी निरीक्षक जङ कार्कीको कमान्डमा खटिएको टोलीले जीतपुर सिमरा उपमहानगरपालिका–७ स्थित प्रहरी चेकप्वाइन्टमा, बिहीबार साँझ मधेस प्रदेश ०३–००२ ख १४४० नम्बरको कन्टेनर ट्रकलाई […]

सुदूरपश्चिमलाई साक्षर प्रदेशको रूपमा औपचारिक घोषणा

१२ असार, काठमाडौं ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशलाई ‘साक्षर सुदूरपश्चिम प्रदेश’ को रूपमा औपचारिक घोषणा गरेका छन् ।सामाजिक विकास मन्त्रालयले बिहिबार धनगढीमा आयोजना गरेको साक्षर सुदूरपश्चिम प्रदेश घोषणा सभा समारोहमा मुख्यमन्त्री शाहले घोषणा गरेका हुन् ।यसअघि सुदूरपश्चिमका सबै ९ जिल्लाहरू क्रमशः साक्षर जिल्ला घोषित भइसकेका थिए। सुदूरपश्चिम यो उपलब्धि हासिल गर्ने चौथो […]

बागमती प्रदेशसभाको बैठक सारियो, असार १६ गते बस्ने

१२ असार, हेटौँडा । बागमती प्रदेशसभाको बैठक सारिएको छ। बजेट माथिको छलफलका लागि आह्वान गरिएको बैठक बस्न सक्ने अवस्था नरहेपछि सरिएको हो । असार १२ गते बिहीबार बिहान ११ बजेका लागि तय गरिएको बैठक दलहरूबिच सहमति जुट्न नसकेपछि स्थगित गरिएको हो । प्रदेशसभाको अर्को बैठक असार १६ गते दिउँसो १ बजे बस्नेछ । प्रदेशसभा नियमावली, २०७४ […]