आजदेखि न्युरोड क्षेत्रको सडकमा पार्किङ निषेध

०९ माघ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मङ्गलबारदेखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । महानगरले काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विकल्पमा काठमाडौँ टावरमा तीन सयवटा चारपाङ्ग्रे र सात सयवटा दुईपाङ्ग्रे […]

गृहमन्त्री नारायणकाजी श्रेष्ठद्वारा सर्लाही कारागार उद्घाटन

७ माघ, सर्लाही। सर्लाहीको  सदरमुकाम मलंगवामा पुनर्निमाण गरिएको सर्लाही कारागार भवनको आईतबार बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका छन् । शिलालेख अनावरण, रिवन काटेर तथा पानसमा दिप प्रज्वलन् मार्फत प्रमुख अतिथि उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले कारागार भवनको उद्घाटन गरेका हुन् । लामो समयदेखि जीर्ण रहेको कारागारमा कैदी बन्दी बस्न नसक्ने वातावरण नभएपछि सर्लाही […]

मधेश सरकारले आज स्वाभिमान दिवस मनाउँदै, उपलब्धि सार्वजनिक गर्ने

३ माघ, जनकपुरधाम । मधेश सरकारले आज स्वाभिमान दिवस मनाउँदैछ । आजकै दिन २०७८ माघ ३ गते प्रदेशको नामाकरण ‘मधेश’ र राजधानी जनकपुरधाम पारित भएकोले स्वाभिमान दिवस मनाउन लागेको हो ।गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको थियो । आज मधेश सरकारले जनकपुरधामस्थित महेन्द्र नारायाण निधि मिथिला संस्कृति […]

मेलम्चीको पानी आजदेखि पुनर्वितरण, प्रधानमन्त्रीले गरे उद्घाटन

१ माघ, काठमाडौं । काठमाडौंवासीका घरमा आजदेखि पुन: मेलम्चीको पानी वितरण गरिएको छ । मेलम्चीको पानी चौथोपटक यहाँका उपभोक्तालाई वितरण गरिएको हो । मेलम्चीको पानी पुनर्वितरणको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान सिंहदरबार भित्रै कार्यालय परिसरको धारा खोलेर उद्घाटन गरेका हुन् । तर, उपभोक्ताको घरमा भने त्यसअघि नै पानी पठाइएको मेलम्ची खानेपानी विकास समितिले […]

माघ ३ गते मधेश सरकारले स्वाभिमान दिवस मनाउने

२७ पुस, जनकपुरधाम । मधेश सरकारले स्वाभिमान दिवस मनाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको हो । २०७८ माघ ३ गतेकै दिन तत्कालीन ‘प्रदेश नं. २’ को नाम मधेश प्रदेश नामाकरण र स्थायी राजधानी जनकपुरधाम प्रदेशसभा बैठकबाट पास भएको थियो । त्यस दिनलाई स्वाभिमानी दिवसको […]

जनकपुरमा पार्किङमा राखिएको बस चोरी

२४ पुस, जनपुरधाम। जनकपुरधामको बसपार्कबाट एउटा बस चोरी भएको छ । ना ४ ख २३२७ नवदुर्गा ट्राभल्स चोरी भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । जनकपुरदेखि महोत्तरीको भिठामोडसम्म चल्ने यो बस हिजो बस पार्कमा पार्किंङ गरी राखिएको थियो । सो बस महोत्तरीको पिपरा गाउँपालिका ३ बस्ने कालिन्द्र मिश्राको रहेको छ । डिएसपी […]

कोशीको सभामुखमा विष्ट निर्विरोध निर्वाचित

२४ पुस, विराटनगर । कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् । उनको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौला समर्थक र प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङ समर्थक थिए । सत्तारुढ गठबन्धनले सभामुख राप्रपालाई दिएपछि नेकपा एमालेले पनि […]

बरहथवा घटना : पीडित पक्ष र प्रशासनबीच सहमति

२२ पुस, सर्लाही । सर्लाहीको बरहथवा घटनालाई लिएर आज साँझ जिल्ला प्रशासन कार्यालय सर्लाहीमा भएको छलफलबाट सहमती जुटेको छ । घटना सम्बन्धमा निम्न बुदांहरुमा सहमति भएको छ। १.)बरहथवा स्थित प्राथमिक स्वास्थ्य केन्द्र मधेश सरकारलाई हस्तान्तरण गरि ५० सैय्याको बनाउने , २.)सो अस्पतालको नाम मृतकको नाउँबाट नामाकरण गर्ने , ३.)मृतकको परिवारलाई रोजगारी प्रदान गर्ने , ४.) […]

आन्दोलन उग्र बन्दै गएपछि बरहथवामा फेरि कर्फ्यु

२२ पुस, काठमाडौं । अस्पताल स्तरोन्नतिको विषयमा भएको विवादले उग्ररुप लिएपछि सर्लाहीको बरहथवामा फेरि कर्फ्यु आदेश जारी भएको छ । आइतरबार पनि आन्दोलन उग्र भएपछि सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले फेरि कर्फ्यु आदेश जारी गरेका हुन् ।प्रशासनले आज दिउँसो १२:४५ बजेदेखि भोलि बिहान ८ बजेसम्मका निम्ति कर्फ्यु आदेश जारी गरेको हो । गएको शुक्रबार […]

पुस मसान्तभित्र बुझाउँदा १० प्रतिशत कर छुट, बक्यौतामा लाग्ने सबै जरिवाना छुट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कर छुटसम्बन्धी सूचना प्रकाशित गरेको छ । जसअनुसार महानगरपालिकालाई बुझाउनुपर्ने सम्पत्ति कर, व्यवसाय कर र बहाल कर छ भने पुस मसान्तभित्र बुझाउँदा चालु आर्थिक वर्षको कर रकममा १० प्रतिशत छुट दिइनेछ । यस्तै महानगरपालिकाले जरिवाना छुटसम्बन्धी सूचना पनि प्रकाशित गरेको छ । जसअनुसार पुस मसान्तभित्र बक्यौता बुझाउँदा लाग्ने सबै जरिवाना छुट […]