रुपन्देहीमा कांग्रेस नेता बालकृष्ण खाँणको घर तोडफोड, कांग्रेस र एमाले कार्यालय तोडफोड तथा गाडीमा आगजनी

२३ भदौ, रुपन्देही । जेनजी पुस्ताका नाममा युवाहरुले प्रदर्शनका क्रममा रुपन्देहीमा पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणको घर तोेडफोड गरेका छन् । बिहानैदेखि प्रदर्शनमा निस्केका जेनजी समूहले खाँणको घरमा ढुंंगामुढा गरेर तोडफोड गरेका हुन् ।प्रदर्शनकारीको ढुंगामुढाबाट खाँणको घरको मूल गेटमा क्षति पुगेको र घरका केही सिसाहरु फुटेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले […]

वीरगन्जमा युवतीमाथि गोली प्रहार, एक जना पक्राउ

२३ भदौ, वीरगन्ज । भारतको बिहार राज्यअन्तर्गत बेतिया निवासी १८ वर्षीया निशा कुमारी सहनीमाथि वीरगन्ज भन्सार क्षेत्रमा अज्ञात व्यक्तिहरूद्वारा गोली प्रहार भएको छ। प्रारम्भिक जानकारी अनुसार घटना नेपाल–भारत सीमा नजिकको वीरगन्ज भन्सार क्षेत्रमै भएको हो। घटनापछि उनलाई तत्काल वीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार उनको अवस्था सामान्य रहेको र उपचार जारी रहेको बताइएको […]

बारामा बाघको आक्रमणबाट एक महिनामा चार जनाको मृ*त्यु

२३ भदौ, बारा ।   बाघको आक्रमणबाट बारामा एक महिनामा चार जनाको मृत्यु भएको । बाघको आक्रमणबाट मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–१ का ५५ वर्षीय छेवाङ्ग लामा, जीतपुरसिमरा–२ का ५५ वर्षीय कृष्णप्रसाद शर्मा, सोही वडाकै रमेश कार्की र मकवानपुरको मनहरी गाउँपालिकाका ५५ वर्षीय चन्द्रबहादुर भुलन रहेको प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी दिए । जिल्लाको जीतपुरसिमरा–४ स्थित […]

जनकपुरमा पनि जेनजीको प्रदर्शन

२३ भदौ, काठमाडौं । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध मधेश प्रदेशको राजधानी जनकपुरमा पनि प्रदर्शन भएको छ । देशैभर आन्दोलनको घोषणा गरेका नयाँ पुस्ताका युवा (जेनजी)हरुले जनकपुरमा पनि प्रदर्शन गरेका हुन् । स्वत:स्फूर्त रुपमा जम्मा भएर उनीहरुले प्रदर्शन गरिरहेका छन् । जेनजीहरुले काठमाडौं, विराटनगर, बुटवललगायत देशका धेरै सहरहरूमा प्रदर्शन गरेका छन् […]

महोत्तरीमा विद्यालय गएका १३ वर्षीय बालक ४ दिनदेखि बेपत्ता

२२ भदौ, जलेश्वर । महोत्तरीको बर्दिवासमा घरबाट विद्यालय पढ्न हिँडेका एक बालक चार दिनदेखि बेपत्ता छन् । बर्दिवास नगरपालिका–१२ मा अवस्थित जनता माध्यमिक विद्यालय डाँडाटोलमा कक्षा ६ मा पढ्दै गरेका स्थानीय १३ वर्षीय बालक गौतम पासवान गत बिहीबार घरबाट साइकलमा चढेर पढ्न विद्यालय गएकामा उनी अहिलेसम्म घर फर्केर नआएको निजका काका प्रमोद पासवानले बताए । गौतम […]

भूमि समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बाँनिया

२२ भदौ, रामेछाप । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले भूमि समस्या समाधानको लागि वाग्मती प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । आइतबार भूमि समस्या समाधान आयोग रामेछापसँगको छलफलमा बोल्दै मुख्यमन्त्री बानियाले भूमि सम्बन्धी समस्या समाधानको लागि सरकारले आयोग बनाएको बताए । आयोगलाई काम गर्ने क्रममा धेरै समस्या भएको बताउँदै उनले ती समस्या समाधान गर्न वाग्मती […]

बाघको आक्रमणबाट बारामा एक वृद्धको मृ*त्यु

२२ भदौ, बारा । बाघको आक्रमणबाट बारामा आइतबार एक जना वृद्धको ज्यान गएको छ । आज बिहान बिहान च्याउ टिप्न जाने क्रममा प्रगतिशील सामुदायिक वनभित्र बाघको आक्रमणबाट जीतपुर सिमरा–१ का ६० वर्षीय छेवाङ्ग लामाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख वेद प्रकाश जोशीले जनाएका छन् । लामा बिहान करिब ७ बजेतिर च्याउ टिप्न गएका थिए […]

सामाजिक सञ्जाल बिरूद्व प्रभु साहको पार्टीले भोलि पोखरामा आन्दोलन गर्ने

२२ भदौ, पोखरा।  प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) सहअध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगरले दलाल दलतन्त्र बिरुद्धको तेस्रो जनआन्दोलनको तयारीमा जुटन आह्वान गरेका छन्। गणतन्त्रको नाममा मुलुकमा दलहरुको लुट, भ्रष्टाचार, कुशासन, अनियमितता बढदै गइरहेको बताउदै उनले तेस्रो जनआन्दोलनको विकल्प नभएको बताए। पोखराको रानीपौवा स्थित तमु भवनमा आज (शनिबार)आजपाको कास्की जिल्ला भेलालाई सम्बोधन गर्दै […]

बागमती प्रदेशका तीन जिल्लामा आज सार्वजनिक बिदा

२२ भदौ, हेटौंडा । चेपाङ समूदायको पहिचानसँग जोडिएको छोनाम(नुवागी) पर्वको अवसरमा आज(आइतबार)बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिइएको छ । बागमती प्रदेश सरकारले चेपाङ समुदायको छोनामको अवसरमा प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गत बिहीबार एक सूचना जारी गर्दै आज आइतबार चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक […]

गुठी सम्बन्धी कानुनमा परिवर्तन गर्न आवश्यक: मेयर साह

२२ भदौ,जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले गुठी सम्बन्धी कानुनमा परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । शनिबार जनकपुरधाममा दशैंमा हुने राजदेवी, बौद्धी माता तथा अन्नपूर्ण माताको पूजा व्यवस्थापन तथा बोकाबली सन्दर्भमा बसेको बृहत सर्वपक्षीय छलफल कार्यक्रममा बोल्दै मेयर साहले संघीय गणतान्त्रिक लोकतन्त्र प्रणाली लागुभएदेखि तीनै तहका सरकारलाई थुप्रै किसिमको अधिकार र जिम्मेवारी बाँडफाँट […]