जिल्ला अदालतले महेश बस्नेतविरुद्ध पक्राउ पूर्जी जारी गर्न किन अस्वीकार गर्‍यो

१६ चैत, काठमाडौं । जाहेरी र त्यससम्बन्धी सक्कल फाइल नै उच्च अदालत पाटन पुगेको भन्दै जिल्ला अदालत काठमाडौंले एमाले नेता महेश बस्नेतविरुद्ध पक्राउ पूर्जी जारी गर्ने अनुमती दिन अस्विकार गरेको छ । एमाले नेता महेश बस्नेतविरुद्ध २६ परिसर ५८ सांकेतिक नाम भएकी युवतीले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । भ्रुण हत्या, बलात्कार र चोरी डाँका […]

यातायात कार्यालय एकान्तकुनाबाट १५ बिचौलिया समातिए

१६ चैत, काठमाडौं । यातायात कार्यालय एकान्तकुनाबाट १५ बिचौलिया पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको टोलीले १५ बिचौलिया पक्राउ गरेको हो । उनीहरुले सेवाग्राहीलाई हैरानी, दुख दिने गरेको प्रहरीले बताएको छ । फास्ट ट्रयाकमा काम गरिदिने भन्दै रकम असुल्ने गरेको गुनासोपछि प्रहरीले अपरेशन चलाएर उनीहरुलाई पक्राउ गरेको हो । […]

ओलीलाई रिहाइ गर्न अस्वीकार

१६ चैत, काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रिहाइको आदेश दिन अस्वीकार गरेको छ । रिहा गर्न माग गर्दै पत्नी राधिकाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी गर्दै रिहाइको आदेश दिन अस्वीकार गरेको हो । न्यायाधीश मेघराज पोखरेलकोे एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि सरकारका नाममा कारण देखाऊ आदेश जारी […]

अर्थान्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापन

१६ चैत, काठमाडौं । अर्थ मन्त्रालयले पहिलोपटक रास्वपाको नीतिअनुसार मेरिटमा आधारित सरुवा तथा पदस्थापन गरेको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले १५ गतेको मन्त्रिस्तरीय निर्णयबाट अर्थ मन्त्रालयका ३० जना उपसचिवको एकैपटक पदस्थापन तथा सरुवा गरेका हुन् । मेरिटअनुसार पहिलो हुनेले पहिले पोष्टिङ छान्ने, दोस्रोले बाँकी २९ मध्येको ठाउँ छान्ने, दोस्रो हुनेले बाँकी २९ ठाउँ मध्ये एक […]

‘नेता, कर्मचारी र बिचौलियाले आफू अनुकुल ‘खरिद ऐन भ्रष्टाचार मैत्री’ बनाए’

१६ चैत,काठमाडौं । स्वास्थ्य क्षेत्रको एक खर्ब बजेटमा झण्डै आदा रकम भ्रष्टाचार हुने गरेको नेपाल स्वास्थ्य व्यवसायी संघका अध्यक्ष नवराज बस्नेतले दाबी गरेका छन् । सोमबार राजधानीमा संघले पत्रकार सम्मेलनको आयोजना गरी नेता, कर्मचारी र बिचौलियाले आफू अनुकुल ‘सार्वजनिक खरिद ऐन भ्रष्टाचार मैत्री’ बनाएको आरोपसमेत लगाए । अध्यक्ष बस्नेतले विगतका पुराना सरकारमा सहभागी दलका प्रतिनिधिले […]

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक

१६ चैत, काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी छ। सोमबार प्रधानमन्त्री बालेन शाहले बैठक बोलाएका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक जारी छ ।

रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश

  १६ चैत, काठमाडौं । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहाइको आदेश दिन अस्वीकार गरेको छ । रिहा गर्न माग गर्दै पत्नी यशोदाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी गर्दै रिहाइको आदेश दिन अस्वीकार गरेको हो । न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि सरकारका नाममा कारण देखाऊ आदेश जारी भएको हो […]

कांग्रेस सांसदसँग पूर्णबहादुर खड्काले भने– देश र जनताका सवालमा दृढतापूर्वक काम गर्नुस्

  १६ चैत, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नवनिर्वाचित सांसदलाई देश र जनताका पक्षमा दृढतापूर्वक उभिएर काम गर्न आग्रह गरेका छन् । सोमबार धुम्बराहीको स्मार्ट होटलमा आयोजित सांसदहरूलाई सम्मान तथा बधाई कार्यक्रममा बोल्दै खड्काले सांसदहरूका साथमा आफू र वरिष्ठ नेताहरू सधैँ सँगसँगै रहेको बताएका हुन् । ‘निर्वाचनको परिणामपछि जुन तरिकाको संसदको […]

अर्थ मन्त्रालयले एकसाथ गर्‍यो ३० उपसचिवको सरुवा

१६ चैत,काठमाडौं । अर्थ मन्त्रालयले एकसाथ ३० उपसचिवको सरुवा गरेको छ । अर्थमा कार्यरत उपसचिवहरूको भन्सार विभाग, आन्तरिक राजस्व विभागसहित मातहतका निकायहरूमा सरुवा भएको मन्त्रालयले जनाएको छ । यसबाहेक कतिपय उपसचिवहरूको प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालय सम्हालेपछि पहिलो पटक उपसचिवहरुको सरुवा भएको हो ।

४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

१६ चैत,काठमाडौं । शेयर बजारमा गिरावटको क्रम जारी रहँदा साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७.१ अंकले घटेर २८३१.३९ बिन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन आइतबार पनि घटेको बजारले सोमबार समेत सोही प्रवृत्तिलाई निरन्तरता दिएको हो । यससँगै सेन्सेटिभ इण्डेक्स ७.९० अंकले घटेको छ भने फ्लोट इण्डेक्स ३.२० अंक […]