रातो मत्स्येन्द्रनाथको रथ जेठ ८ गते लगनखेलबाट जावलाखेल तानिने।

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ आउँदो जेठ ८ गते लगनखेलबाट जावलाखेलतिर तानिने भएको छ । बिहीबार ज्योतिषीले जुराएको शुभसाइतानुसार सो दिन रथ लगनखेलबाट पश्चिमतर्फ तानिने भएको हो । लगनखेलबाट जावलाखेलतर्फ रथ तान्ने शुभसाइत दिउँसो ३ बजेर ४९ मिनेटमा रहेको ज्योतिषीले बताएका छन् । वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न […]

नेकपा एमाले केन्द्रीय समितिको बैठक आजदेखि। 

काठमाडौं : एमाले केन्द्रीय समितिको बैठक आजदेखि च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु हुँदैछ । प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार तीन दिनसम्म चल्ने बैठकमा विभिन्न १० वटा एजेन्डामा छलफल हुनेछ। यसै हप्ता बसेको सचिवालय बैठकले केन्द्रीय समितिको बैठकका लागि छलफल गरिने विभिन्न विषय तय गरेको थियो । बैठक यसअघि झापामा गर्ने तय भए पनि ललितपुर केन्द्रीय […]

बाजुरामा ४.३ म्याग्निच्युडको भूकम्पको धक्का। 

काठमाडौं : बाजुराको केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ : १५ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको हो। बिछ्या- मदना आसपास केन्द्रविन्दु बनाएको भूकम्प गएको हो। यसअघि बाजुरा केन्द्रविन्दु भएर वैशाख २१ गते ,१५ गते, १४ गते, १० गतेपनि ४ म्याग्निच्युड भन्दामाथिको भूकम्प गएको थियो। खानी तथा […]

आज वैशाख २८ गते बिहिबार, यस्तो छ आजको राशिफल।

आज श्री शाके १९४५ । बि.स.२०८० बैशाख २८ गते बिहीबार । इश्वी सन २०२३ मे ११ तारीख जेष्ठ कृष्णपक्ष षष्ठी तिथी उत्तराषाढा नक्षत्र शुभ योग भद्रा करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा सौम्य योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु, महिला ज्योतिष संघ स्थापना दिवस।

नक्कली शरणार्थी प्रकरणमा शीर्ष नेताले ‘डिस्टर्ब’ नगर्ने सहमति: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानमा शीर्ष नेताले बाधा नपुर्‍याउने सहमति भएको दाबी गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रचण्डले कसैले पनि प्रहरीलाई दबाब दिन नुहने निचोडमा पुगेको बताएका हुन्। ‘प्रहरीले यो विषयमा जसरी अनुसन्धान गरिरहेको त्यसमा कसैले पनि डिस्टर्ब गर्नुहुन्न […]

बालकृष्ण खाणलाई ४ दिन थुनामा राख्न अदालतको अनुमति। 

बुधबारै खाणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । उक्त घटनामा आरोपित १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । यसअघि मङ्गलबार काठमाडौँको टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको थियो । त्यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव […]

ए डिभिजन लिगमा आज दुई खेल हुँदै। 

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् । एउटा खेल त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा हुनेछ भने अर्को खेल एन्फा कम्प्लेक्समा हुनेछ । त्रिपुरेश्वर स्थित रङ्गशालामा एपिएफ र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल ३ बजेबाट सुरु हुनेछ । यसैगरी, ३ बजे नै एन्फा कम्प्लेक्समा सुरु हुने खेलमा मछिन्द्र […]

आज वैशाख २७ गते बुधबार, यस्तो छ आजको राशिफल।

आज श्री शाके १९४५ । बि.स.२०८० बैशाख २७ गते बुधबार । इश्वी सन २०२३ मे १० तारीख जेष्ठ कृष्णपक्ष पञ्चमी तिथी पूर्वाषाढा नक्षत्र साध्य योग गर करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा श्रीवत्स योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु।  

विदेशबाट आउँदा दुईवटा मोबाइल ल्याउन पाइने। 

काठमाडौं- सरकारले विदेशबाट आउने नेपाली नागरिकले दुइटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय गरेको छ । यसअघि एउटामात्रै मोबाइल ल्याउन पाउने व्यवस्था थियो । त्रिभुवन विमानस्थलमा मोबाइल खोसिने गरेको गुनासो आएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले यो समस्या समाधान गर्न निर्देशन दिएका थिए । मन्त्रिपरिषद्को यो निर्णय लागू भएपछि अब आफूले चलाइरहेको मोबाइल र अर्को थप एक […]

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ। 

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई प्रहरीले पक्राउ गरेको छ । इस्लामाबाद उच्च अदालत बाहिरबाट खानलाई प्रहरीले पक्राउ गरेको बीबीसी हिन्दीले जनाएको छ । दर्जनौँ प्रहरीले खानलाई घेरा हालेर गाडीमा राखेको एक भिडियोमा देखिएको छ । खानलाई एक अपराधीलाई जसरी लछारपछार गरेर पक्राउ गरेको खानको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) ले जनाएको छ । खानलाई कुन […]