६० किलो सुन तस्करी प्रकरणमा बाराका एक सुनचाँदी व्यवसायी पक्राउ

२२ भदौ, काठमाडौं । सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन् । बारा जिल्ला सुनचाँदी व्यवसायी संघका अध्यक्ष शिव कुमार सराफलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार राति बाराबाट पक्राउ गरेको प्रहरी प्रवक्ता डीआईजी कुँवेर कडायतले जानकारी दिए। पक्राउ परेका सफरलाई सिआइबीको नियन्त्रणमा राखिएको र आजै म्याद थपका लागि अदालत उपस्थित गराइने […]
निजामती सेवा दिवस- नारा एकातिर, काम अर्कैतिर

२२ भदौ, काठमाडौं । आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। देशमा सार्वजनिक सेवा प्रवाह, शान्ति सुरक्षा, विकास निर्माण, राज्य सञ्चालन र व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने स्थायी सरकारका रूपमा रहेका निजामती कर्मचारीहरूले प्रत्येक वर्ष भदौ २२ मा निजामती सेवा दिवस मनाउने गर्छन् । सो दिवसमा उनीहरूले सेवा प्रवाह, सुशासन र विकासका विभिन्न नाराहरूसमेत […]
कोशी सरकारविरुद्धको रिटमा केहीबेरमा आदेश आउने

२१ भदौ,काठमाडौं। कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाइ सकिएको छ। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतमाथि प्रश्न उठाउँदै कोशी प्रदेशसभाका एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रिट दिएका थिए। बिहीबार भएको सुनुवाइमा रिट निवेदकका कानुनव्यवसायीले जवाफी बहस सकेका छन्। सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुडाल […]
कांग्रेस सहमहामन्त्री आक्रमणको विरोधमा नेविसंघ द्वारा प्रदर्शन

धिरोज यादव २१ भदौ, सर्लाही। सर्लाही जिल्लाको मलंगवा नगरपालिका बालमन्दिर चौकमा नेपाल विद्यार्थी संघ द्वारा आन्दोलन गरिएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सहमहामन्त्री तथा नेपाल तरुण दल केन्द्रीय कार्यसमितिका पूर्व अध्यक्ष महेन्द्र यादव माथि भएको संघातिक आक्रमणको विषय लिएर दोषीलाई कारवाही गर, गृह मन्त्री रजिनामा दे भन्ने जस्ता नाराका साथ ने वि संघ ले आन्दोलन […]
ज्ञानेन्द्र शाहीको प्रश्न- प्रधानमन्त्रीले सडकमा मान्छे उतारेर आन्दोलन गर्छौं भन्न मिल्छ?

२१ भदौ, काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अराजकताको पराकाष्ट सरकार आफैँ भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले अराजकतालाई आफैँ प्रश्रय दिइरहेको बताएका हुन् ।उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीजस्तो मान्छे सडकमा आन्दोलन गर्छौं । मान्छे उर्ताछौं भनेर भाषण गर्नुहुन्छ त्यही भएर प्रधानमन्त्रीलाई यहाँबाट जवाफ दिनुपर्छ । प्रधानमन्त्रीले यस्ता अराजक कुरा गर्न पाइँदैन ।’ […]
काठमाडौं महानगरपालिकामा शुक्रबार शोक बिदा

२१ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले भदौ २२ गते शुक्रबार शोक बिदा दिने निर्णय गरेको छ । महानगरको नगर कार्यपालिकाको कार्यालयका विभाग प्रमुख दीपक अधिकारीका अनुसार वडा नं. १६ का अध्यक्ष मुकुन्द रिजालको बिहीबार ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएकाले महानगरपालिका अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय गरिएको हो । काठमाडौं क्षेत्र ७ का क्षेत्रीय सभापतिसमेत […]
मन्त्रिपरिषद्को बैठक बस्दै

२१ भदौ, काठमाडौं। आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक आज अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकले सङ्घीय निजामती सेवा विधेयक संसद्मा पठाउने बताइएको छ । साथै समसामयिक राजनीतिक घटनाक्रमका विषयमा पनि बैठकमा छलफल हुने भएको छ ।
काठमाडौं महानगरपालिका- १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

२१ भदौ, काठमाडौं। काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ। वडाध्यक्ष रिजालको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो। डेंगी संक्रमणका कारण ग्राण्डीमा उपचार गराइरहेका रिजालको निधन भएको नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले सामाजिक सञ्जाल मार्फत् जानकारी दिएकी छन्। गत स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा विजयी भएका रिजाल […]
अस्पतालकाे इमर्जेन्सी कक्षमा बालिकाको मृत्युबारे छानबिन गर्न समिति गठन

२० भदौ, काठमाडौं । उपचार नपाएर कान्ति बाल अस्पतालको इमर्जेन्सी कक्षमै बालिकाको मृत्यु भएको विषयको छानबिनका लागि अस्पताल प्रशासनले समिति गठन गरेको छ। अस्पतालका निर्देशक डा. पंकज रायले बुधबार एक सूचना जारी गर्दै छानबिन समिति गठन गरिएको जानकारी दिएका हुन्।दुई घन्टा कुर्दा पनि उपचार नपाएर उक्त अस्पतालको इमर्जेन्सी कक्षमै पाँच वर्षीया बालिकाको मृत्यु भएको थियो। अस्पतालका […]
मधेस प्रदेश सरकारले प्रशासनिक भवन बनाउँदै, ‘जनक दरबार’ नामकरण गरिने

२० भदौ, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश सरकारको मन्त्रालय र मन्त्रीहरूका लागि आवासीय भवन निर्माण प्रक्रिया छिट्टै सुरु गरिने बताएका छन् । बुधबार जनकपुरधाम-१९ मा कृष्णाष्टमी मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले जनकपुरधाम-१९ मै रहेको ५२ बिघामा मधेश सरकारको प्रशासनिक भवन निर्माण गरिने बताएका हुन् । उनले यसका लागि प्रक्रिया अगाडि बढाइसकिएको जानकारी […]
