प्रहरीको लापरबाहीले दुर्घटना बढेको भन्दै सुर्खेतमा आन्दोलन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक २४, २०८१
|
|
२ पटक हेरिएको
Shares
प्रहरीको लापरबाहीले दुर्घटना बढेको भन्दै सुर्खेतमा आन्दोलन

सारांश

  •   २४ कात्तिक, सुर्खेत ।
  • प्रहरीको लापरबाहीका कारण दुर्घटना बढेको भन्दै सुर्खेतमा आन्दोलन भएको छ ।
  • शुक्रबार दैलेख र सुर्खेतको सिमाना रातानाग्ला गाडी दुर्घटनाका मृतक तथा घाइतेका आफन्तले शनिबार प्रदेश राजधानी वीरेन्द्रनगरमा आन्दोलन गरेका हुन् ।

 

२४ कात्तिक, सुर्खेत । प्रहरीको लापरबाहीका कारण दुर्घटना बढेको भन्दै सुर्खेतमा आन्दोलन भएको छ ।

शुक्रबार दैलेख र सुर्खेतको सिमाना रातानाग्ला गाडी दुर्घटनाका मृतक तथा घाइतेका आफन्तले शनिबार प्रदेश राजधानी वीरेन्द्रनगरमा आन्दोलन गरेका हुन् । रातानाग्लामा दुर्घटना भएको १५ सिटको गाडीमा ३४ जना सवार थिए । आन्दोलनकारीले दैलेखका प्रहरी चेक पोष्टका कर्मचारीहरूलाई कारबाही गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको उपचार राज्यले गर्नुपर्ने लगायतका माग राखेका छन् ।

यातायातसँग सम्बन्धित ऐन पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने, सिट क्षमताभन्दा बढी यात्रु राख्ने सवारी चालक र धनीलाई कारबाही गर्नुपर्ने उनीहरूको अर्को माग छ । शुक्रबार दैलेखबाट सुर्खेततर्फ आइरहेको कर्णाली प्रदेश ०२००१ ख ९९८ नम्बरको गाडी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्लामा दुर्घटना भएको थियो । उक्त गाडी दुर्घटनामा चार जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका छन् ।

घाइते ११ जनाको नेपालगञ्ज र ९ जनाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ । १० जना डिस्चार्ज भएको सुर्खेत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?