नक्कली भिसा बनाएर करोडौं ठगी

Raju Yadav Raju Yadav
|
मंगलबार, श्रावण २९, २०८१
|
|
२ पटक हेरिएको
Shares
नक्कली भिसा बनाएर करोडौं ठगी

सारांश

  • २९ साउन, काभ्रे ।
  • वैदेशिक रोजगारमा लैजान न्युजिल्यान्डको होटलमा वेटर काम गर्ने भन्दै नक्कली भिसा र टिकट बनाएर ठगेको भन्दै सुनसरीका अजय चौधरी र काभ्रेका बुद्ध लामाविरुद्ध वैदेशिक रोजगार, अपराध अनुसन्धान विभाग र जिल्ला अदालत काभ्रेपलाञ्चोकमा पीडितहरुले उजुरी दिएका छन् ।
  • चौधरी र काभ्रेपलाञ्चोकका रोशी गाउँपालिका–६ साविक सिपाली चिलाउने गाविस ६ लेखपानी टोलका लामाले दर्जनौं व्यक्तिमार्फत नक्कली भिसा बनाउँदै करोडौं रकम असुल गरी ठगेको उजुरीमा उल्लेख गरिएको छ ।

२९ साउन, काभ्रे । वैदेशिक रोजगारमा लैजान न्युजिल्यान्डको होटलमा वेटर काम गर्ने भन्दै नक्कली भिसा र टिकट बनाएर ठगेको भन्दै सुनसरीका अजय चौधरी र काभ्रेका बुद्ध लामाविरुद्ध वैदेशिक रोजगार, अपराध अनुसन्धान विभाग र जिल्ला अदालत काभ्रेपलाञ्चोकमा पीडितहरुले उजुरी दिएका छन् । चौधरी र काभ्रेपलाञ्चोकका रोशी गाउँपालिका–६ साविक सिपाली चिलाउने गाविस ६ लेखपानी टोलका लामाले दर्जनौं व्यक्तिमार्फत नक्कली भिसा बनाउँदै करोडौं रकम असुल गरी ठगेको उजुरीमा उल्लेख गरिएको छ । नक्कली कागजात बनाउने चौधरी फरार छन् । उनीहरूले रोशी गाउँपालिका साविक सिपाली गाविस ६ घर भएका मिलन लामा लगायतका ३५ जनाभन्दा धेरैलाई प्रतिव्यक्ति ७ देखि १५ लाख रुपियाँसम्म लिएको उजुरीमा उल्लेख गरिएको छ । २०८० जेठ महिनादेखि नै मेरो आफ्नै गाउँका चिनेजानेका बुद्ध लामाले तिमीलाई वर्किङ भिसामा न्युजिल्यान्ड जान सजिलो हुन्छ । अजय चौधरीले चिनेकाले राहदानीसहितका कागजात उपलब्ध गराउँदा फरक पर्दैन भनेर विश्वास दिलाए’, पीडित मिलन लामाले भने– ‘म लगायत गाउँका अन्य केही र विभिन्न जिल्लाका व्यक्तिहरुले उनकै विश्वासमा न्युजिल्यान्ड जाने प्रयोजनका लागि रकम बुझाएका हौं । मैले पहिलो किस्ताबापत ७ लाख रुपियाँ बुद्ध लामाको सानिमा विकास बैंकको खातामा २०८० असार ५ गते जम्मा गरिदिएँ ।’ मिलनले दिनुपर्ने साढे १६ लाखमध्ये बाँकी रकम न्युजिल्यान्ड जाने दिनमा भुक्तानी गर्ने मौखिक सहमति भएको थियो । मिलनबाहेक अधिकांशले १४ लाखभन्दा धेरै रकम चौधरीलाई बुझाएका थिए । मिलनका अनुसार चौधरीलाई व्यक्तिहरु भेटाउने र जमानी बस्ने कार्य बुद्धले गर्दै आएका थिए ।२०८० साल असार १५ गते न्युजिल्यान्ड उडाउने भन्दै चौधरीको समूहले नक्कली भिसा र टिकट सबैलाई उपलब्ध गराएको थियो । २०८१ असार १४ गते राति तत्कालका लागि २०८१ भदौ १५ गतेसम्मका लागि टिकट सरेको भने । ‘जब उनीहरुले मिति पर सारे तब हामीलाई शंका लाग्यो’, पीडित मिलनले भने– ‘न्युजिल्यान्डमा भएका साथीहरुलाई सबै कागजात पठाएर बुझ्दा थाहा भयो बुद्ध लामा र अजय चौधरीले बनाएका सबै कागजात नक्कली रहेछन् ।’न्युजिल्याण्डको लेक हवाए होटलमा वेटर पदमा मासिक २ हजार ४ सय डलर हुने गरी पठाउने भन्दै कागजात दिएका थिए । उनीहरुले उक्त होटलका सबै कागजात नक्कली बनाएका थिए । पीडितहरुले पटक–पटक भेट्ने प्रयत्न गर्दा पनि सम्पर्कमा नआउने र वर्किङ नभए भिजिट भिसामा पठाउने भन्दै ढाँट्दै गरेको मिलनको भनाइ छ । केही पीडितले वैदेशिक रोजगार विभाग, जिल्ला अदालत काभ्रेपलाञ्चोक र प्रहरीको अपराध अनुसन्धान महाशाखामा उजुरी दिएको महिनौं भइसक्यो । तर, पनि सुनुवाइ हुन सकेको छैन ।

सानिमा विकास बैंकले वैदेशिक रोजगार विभागलाई मिलन लामाले उनको खातामा वैदेशिक रोजगारमा जाने प्रयोजनका लागि जम्मा गरेको रकमको बैंक भौचरसहित उपलब्ध गराएको छ । प्रहरीले अनुसन्धान समेत नगरेको पीडितहरुको गुनासो छ । आरोपित बुद्ध लामाले भने आफूले कसैलाई नठगेको बताएका छन्। मैले अजय चौधरीलाई चिनेको हुँ । चिनेकै आधारमा मिलन लगायतलाई अजय चौधरीका बारेमा बताएको हुँ । नक्कली कागजात अजय चौधरीले बनाएका रहेछन्’, आरोपित लामा भन्छन्– ‘मैले वैदेशिक रोजगारका नाममा ठगी गरेको छैन र होइन । गाउँकै भाइहरु पठाएर मैले किन ठग्नु ? मिलनको नामबाट मेरो खातामा जम्मा भएको पैसामध्ये केही फिर्ता गरेको छु । ‘मिलनसँग लिएको ७ लाख रकम फिर्ता गर्न तयार छु । ३ लाख फिर्ता गरिसकेको छु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल विशेष सेवा ऐनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस
नेपाल विशेष सेवा ऐनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस
सोवितालाई कानुन मन्त्रालयको जिम्मेवारी
सोवितालाई कानुन मन्त्रालयको जिम्मेवारी
तीव्र गतिको कार रूखमा ठोक्किँदा १ जनाको मृत्यु, ३ घाइते
तीव्र गतिको कार रूखमा ठोक्किँदा १ जनाको मृत्यु, ३ घाइते
गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अवरोध कायमै रहन्छ : माओवादी केन्द्र
गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अवरोध कायमै रहन्छ : माओवादी केन्द्र
पाकिस्तानमा सैनिक कारबाही, १० आतंककारीको मृ*त्यु
पाकिस्तानमा सैनिक कारबाही, १० आतंककारीको मृ*त्यु
किसानलाई सहजरुपमा पर्याप्त मलखाद उपलब्ध गराउन सांसदव्दारा माग
किसानलाई सहजरुपमा पर्याप्त मलखाद उपलब्ध गराउन सांसदव्दारा माग
दानव नदीमा बेपत्ता दुई बालकको श*व भेटियो
दानव नदीमा बेपत्ता दुई बालकको श*व भेटियो
बेनी–जोमसोम–कोरला खण्डमा ८५ प्रतिशत काम सम्पन्न
बेनी–जोमसोम–कोरला खण्डमा ८५ प्रतिशत काम सम्पन्न
पूर्वपदाधिकारीले कानूनविपरीत लिएको सुविधा खोस्न गृह र रक्षा मन्त्रालयलाई अर्थको पत्र
पूर्वपदाधिकारीले कानूनविपरीत लिएको सुविधा खोस्न गृह र रक्षा मन्त्रालयलाई अर्थको पत्र
मातृ स्वास्थ्य सुधारका लागि क्लिनिकल कोचिङ
मातृ स्वास्थ्य सुधारका लागि क्लिनिकल कोचिङ