मुख्यमन्त्री सिंहद्वारा कृषि मन्त्रालयसहित चार कार्यालयमा छड्के

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण २४, २०८१
|
|
२ पटक हेरिएको
Shares
मुख्यमन्त्री सिंहद्वारा कृषि मन्त्रालयसहित चार कार्यालयमा छड्के

सारांश

  •   जनकपुरधाम ।
  • मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले आज एक मन्त्रालयसहित चार कार्यालयमा छड्के जाँच निरीक्षण गरेका छन् ।
  • मुख्यमन्त्री सिंहले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पूर्वाधार विकास कार्यालय, वन निर्देशनालय र शिक्षा विकास निर्देशनालयमा छड्के जाँच निरीक्षण गरेका हुन् ।

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले आज एक मन्त्रालयसहित चार कार्यालयमा छड्के जाँच निरीक्षण गरेका छन् । मुख्यमन्त्री सिंहले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पूर्वाधार विकास कार्यालय, वन निर्देशनालय र शिक्षा विकास निर्देशनालयमा छड्के जाँच निरीक्षण गरेका हुन् । कर्मचारीहरू कार्यालयमा नबस्ने, बसे पनि राम्ररी काम नगर्ने, काममा ढिलासुस्ती गर्ने जस्ता धेरै गुनासो आएकाले छड्के जाँच निरीक्षण गरेको मुख्यमन्त्री सिंहले बताए ।

आर्थिक वर्ष समाप्त भई नयाँ आर्थिक वर्षको साउन र भदौ महिनामा कर्मचारीहरू कार्यालयमा नभेट्ने परिपाटी नै बनिसकेकाले छड्के जाँच सुरु गरेपछि अहिले कार्यालय कर्मचारीहरू भेट्न थालेको उनले दाबी गरे । उनले भने, ‘‘छड्केको क्रममा कार्यालयको निर्धारित समयमा कर्मचारी नआउने, आए पनि हाजिरी नगरी बाहिर हिड्डुल गर्ने र छडकेमा परेपछि कार्यालयमै रहेको तर हाजिरी गर्न बिर्सेको बहानाबाजी गर्ने जस्तो पवृति भेटिएको छ ।’’ कर्मचारीहरू कार्यालयमा हाजिरी भइसकेपछि बाहिर जानुपर्दा कामको जानकारी गराई आदेश लिएर मात्र जानुपर्ने उनले निर्देशन दिँदै भने, ‘‘यदि कर्मचारी बिदामा बसेका छन् भने बिदा स्वीकृत गराएर मात्र बिदा बस्नु पर्छ ।’’

कर्मचारीको जुन काम कर्तव्य, जिम्मेवारी छ, त्यसअनुसार सेवाग्राहीको छिटोछरितो काम कारबाही गराउन, सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउन छड्के जाँच गरिएको मुख्यमन्त्री सिंहले छड्के जाँचको क्रममा बताए । यस्तो अनुगमनलाई निरन्तरता दिने उनले जानकारी दिए। यसअघि साउन ६ गते आइतबार मुख्यमन्त्री सिंहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित प्रदेशका ११ वटा मन्त्रालयहरूमा छड्के निरीक्षण गरेको थियो । अर्थ, गृह, सञ्चार तथा कानुन, वन तथा वातावरण, भौतिक पूर्वाधार विकास, स्वास्थ्य तथा जनसङ्ख्या, ऊर्जा सिँचाइ तथा खानेपानी, शिक्षा तथा संस्कृति, उद्योग, वाणिज्य तथा पर्यटन, श्रम तथा यातायात र खेलकुद तथा समाज कल्याण मन्त्रालयमा छड्के जाँच गरेका थियो । त्यसबेला पनि अधिकांश कर्मचारीहरूमा धेरै लापरबाही देखिएको थियो । खासगरी कार्यालयमा हाजिर नगर्ने, बिदा जाँदा स्वीकृति नलिने जस्ता समस्या भेटिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज बडादसैं अन्तर्गत टीका, उत्तम साइत ११ः५३ बजे
आज बडादसैं अन्तर्गत टीका, उत्तम साइत ११ः५३ बजे
दण्डहीनतालाई रोकथाम गर्न महान्यायाधिवक्ता कार्यालयले भूमिका खेल्नुपर्छ
दण्डहीनतालाई रोकथाम गर्न महान्यायाधिवक्ता कार्यालयले भूमिका खेल्नुपर्छ
कांग्रेस कम्युनिस्टले देशमा सुशासन कायम गर्न नसक्दा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव
कांग्रेस कम्युनिस्टले देशमा सुशासन कायम गर्न नसक्दा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव
नागरिकका विकासका आकाङ्क्षा पूरा हुनेगरी बजेट ल्याउनुपर्ने
नागरिकका विकासका आकाङ्क्षा पूरा हुनेगरी बजेट ल्याउनुपर्ने
जमिनमुनि गाडी हराएको पाँचौ दिनमा भूगर्भविद्‍ले थाले अध्ययन
जमिनमुनि गाडी हराएको पाँचौ दिनमा भूगर्भविद्‍ले थाले अध्ययन
जनकपुरधाम मेयर कपः सितामढीलाई हराउँदै धनुषा सेमिफाइनलमा
जनकपुरधाम मेयर कपः सितामढीलाई हराउँदै धनुषा सेमिफाइनलमा
राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
लेदोसहितको पहिरोले जोमसोम–कोरला सडक अवरुद्ध
लेदोसहितको पहिरोले जोमसोम–कोरला सडक अवरुद्ध
सुरु भयो समाजवादी मोर्चाको प्रदर्शन
सुरु भयो समाजवादी मोर्चाको प्रदर्शन
राष्ट्रियसभामा माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा
राष्ट्रियसभामा माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा