२६ जेष्ठ २०८२, आईतवार

आज १२ औं राष्ट्रिय कृषक दिवस मनाइँदै

 

२७ जेठ, काठमाडौं । आज राष्ट्रिय कृषक दिवस मनाइँदै छ । देशभरका किसानको सम्मान, समस्या र कृषि क्षेत्रको अवस्था सुधारका लागि वर्षेनी जेठ २७ गते कृषक दिवस मनाउने गरिन्छ ।

१२ औं कृषक दिवसमा अवसरमा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । दिवसका अवसरमा उत्कृष्ट किसानलाई सम्मानका साथै हौसला प्रदान गरिदै आइएको छ । सरकारले २०८१ देखि ०९१ को अवधिलाई कृषिमा लगानी दशकसमेत घोषणा गरेको छ । २०७० सालदेखि कृषक दिवस मनाउन थालिए पनि पछिल्लो समय कृषि योग्य जमिन भने बाँझो हुने क्रम बढ्दै गएको छ ।

खेतीपाती गर्ने समूह कृषि क्षेत्रबाट लाभान्वित हुन नसकेपछि वैकल्पिक उपायको खोजीमा रोजगारी खोज्दै बाहिरिन क्रम बढ्न थालेपछि समग्र उत्पादन नै घट्दै गएको छ । कृषिमा वर्षेनी आधा खर्ब रकम विनियोजन हुन थालेपनि किसानसँग प्रत्यक्ष जोडिन नसक्दा सिंगो मुलुकको कृषि नै धराशयी बन्दै गएकोमा सरोकारवालाले चिन्ता गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment