१० श्रावण २०८२, शुक्रबार

बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ

 

२५ जेठ, काठमाडौँ । बालमन्दिरको जग्गा प्रकरणमा फरार रहेका एक जना पक्राउ परेका छन् ।

नक्सालस्थित बालमन्दिरको जग्गा प्रकरणमा बाल संगठन तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले श्रेष्ठलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरेको सीआईबी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । उनीसहित २० जनालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले गएको वैशाख २७ गते अनुमति दिएको थियो ।

बालमन्दिरको ११९ रोपनी १२ आना ३ पैसा जग्गामध्ये २८ रोपनीभन्दा बढी जग्गा भाडामा दिँदा अनियमितता गरेको आरोप छ । यो प्रकरणमा पक्राउ पर्ने श्रेष्ठ पहिलो व्यक्ति हुन् । संगठनकी तत्कालीन अध्यक्ष रितासिंह वैद्यविरुद्ध समेत पक्राउ पुर्जी जारी भए पनि उनी पक्राउ परेकी छैनन् । वैद्य कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?