मधेश सरकारबाट बाहिरियो माओवादी
३० वैशाख, जनकपुरधाम मधेश प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा बुझाउँदै माओवादी सरकारबाट बाहिरिएको हो । माओवादी संसदीय दलका नेता एवम् बिना विभागीय मन्त्री भरत साहको नेतृत्वमा सरकारमा रहेका माओवादी मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका छन् । माओवादीका मन्त्रीद्वय भरत साह र युवराज भट्टराई (समीर) ले राजीनामा पत्र बुझाएका हुन् ।

Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment