मधेश सरकारबाट बाहिरियो माओवादी
३० वैशाख, जनकपुरधाम मधेश प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा बुझाउँदै माओवादी सरकारबाट बाहिरिएको हो । माओवादी संसदीय दलका नेता एवम् बिना विभागीय मन्त्री भरत साहको नेतृत्वमा सरकारमा रहेका माओवादी मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका छन् । माओवादीका मन्त्रीद्वय भरत साह र युवराज भट्टराई (समीर) ले राजीनामा पत्र बुझाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment