४ चैत्र २०८२, बुधबार

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

 

४ चैत,काठमाडौं ।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आगामी शुक्रबार दिउँसो १ बजे बस्नेगरी बैठक आह्वान भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन । यद्यपि कांग्रेसले गत २१ फागुनमा भएको निर्वाचनको समीक्षा गरेको छैन ।यसअघि बसेको कार्यसम्पादन बैठकपछि नेताहरूले अब बस्ने बैठकमार्फत समीक्षा गर्ने बताएका थिए । उक्त बैठकले समानुपातिक सांसदहरू छनोट गरेको थियो ।

Post Comment

छुटाउनुभयो कि ?