२३ माघ २०८२, बिहीबार

सुदूरपश्चिममा २२४ मध्ये १४८ जनाले मतदान गरे

 

११ माघ, सुदूरपश्चिम । 

सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि मतदान जारी रहेको छ। निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टका अनुसार अहिलेसम्म एक सय ४८ मत खसेका छन्। सुदूरपश्चिममा स्थानीय तहका १७३ र प्रदेश सभाका ५१ गरी २२४ मतदाता छन्।

राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) ले गठबन्धन गरेका छन् भने उनीहरूविरुद्ध नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पनि उम्मेदवारी दिएको छ। कांग्रेसबाट खम्मबहादुर खाती, एमालेबाट लीलाकुमारी भण्डारी, नेकपाबाट टीकाराम जैसी र रोजी बस्नेत सुनार उम्मेदवार रहेका छन्।

Post Comment

छुटाउनुभयो कि ?