२३ माघ २०८२, बिहीबार

जाजरकोटमा बोलेरो दु*र्घटना, दुई जनाको मृ*त्यु

 

२५ पुस, जाजरकोट । 

जाजरकोटको छेडागाड नगरपालिका-८ मा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। शुक्रबार बिहान ११ बजे छेडागाड नगरपालिका-८, बार्न नाउरिघाट नजिक बोलेरो दुर्घटना भएको हो। छेडागाड नगरपालिका-९ पजारुबाट थलहका लागि छुटेको कर्णाली प्रदेश ०२-००१ च १३२७ नम्बरको डबल क्याब बोलेरो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ।

प्रहरीका अनुसार, दुर्घटनामा छेडागाड नगरपालिका-९ पजारुकी ७० वर्षीया नन्दकला अधिकारी र २८ वर्षीय राजु अधिकारीको मृत्यु भएको छ। दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटप्रहरी निरीक्षक सुधिरकुमार खड्काले जानकारी दिए।  दुर्घटनामा बोलेरो चालक छेडागाड नगरपालिका-९ का २४ वर्षीय कृष्ण अधिकारी, छेडागाड नगरपालिका-८ की २० वर्षीया लक्ष्मी खत्री, छेडागाड नगरपालिका-९ का अन्दाजी ३९ वर्षीय वीरबहादुर अधिकारी र दैलेखको नौमुले गाउँपालिका-६ की २३ वर्षीया सितला रावत घाइते भएका छन्। घाइते सबैको अवस्था मध्यम रहेको खड्काले बताए। उनीहरूलाई उपचारका लागि छेडागाडको अस्पतालमा लगिएको छ।

Post Comment

छुटाउनुभयो कि ?