२३ माघ २०८२, बिहीबार

स्रोत नखुलेको नेपाली नगदसहित एक भारतीय पक्राउ

२१ मंसिर, सर्लाही ।

सर्लाहीमा स्रोत नखुलेको रकमसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । १२ लाख २९ हजार नेपाली रुपैयाँ नगदसहित भारतको बिहार राज्य, सोनवर्षा–२ का २९ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

ब्रहम्पुरी गाउँपालिका–४ अन्तर्गत त्रिभुवननगर प्रहरी चौकीको पछाडिको बाटो हुँदै BR 30 Y 3287 नम्बरको मोटरसाइकलमा नेपालतर्फ आइरहेका महतोलाई गस्ती टोलीले रोकी चेकजाँच गरेको थियो। सोही क्रममा उनको साथबाट विभिन्न मूल्यका नोटहरू गरी कुल रु. १२ लाख २९ हजार बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद भएको रकममा हजार रुपैयाँका ८१४ थान, पाँच सयका ६७१ थान,‌ सयका ७१२ थान र ५० रुपैयाँका १६६ थान रहेका छन्। पक्राउ परेका महतोलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ल्याइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Post Comment

छुटाउनुभयो कि ?