२४ माघ २०८२, शुक्रबार

नेप्सेमा गिरावट,६ अर्ब ५ करोडको मात्र कारोबार

१७ कात्तिक, काठमाडौं ।

दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा ओरालो देखिएको छ। आइतबार ३०.७५ अंकले बढेर २६३१.१४ बिन्दुमापुगेको नेप्से सोमबार ८.२४ अंकले घटेर २६२२.९० बिन्दुमाझरेको हो। गत साताकरिब ९६.५३ अंकले उक्लिएको बजार यो साताको पहिलो दिनपनिउकासोमै भएपनि दोस्रो दिनमाभने कमीकै संकेत देखिएको छ। यस दिन७२ कम्पनीको सेयर मूल्यमात्रबढेको बजारमा कुल ६ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ,

जुनआइतबारको ९ अर्ब २० करोड रुपैयाँको तुलनामानिकै कमहो। सोमबार ३३३ स्टकमा ५४ हजार ८९२ पटकको कारोबारमार्फत १ करोड २१ लाख ८५ हजार कित्ता शेयर खरिदबिक्रीभएको छ। यसैदिन सेन्सेटिभइन्डेक्स ०.८३ अंक, फ्लोट इन्डेक्स ०.५६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२२ अंकले घटेका छन्। उपसमूह सूचकांकमापनिमिश्रित प्रभाव देखिएको छ। १३मध्ये ६ उपसमूहको सूचकांकबढेको छ भने ७उपसमूह घटेका छन्। व्यापार उपसमूह ०.९३ प्रतिशतले बढ्दै सबैभन्दाअगाडि रहँदाजलविद्युत र जीवनबीमाउपसमूह १.०५ प्रतिशतले घट्दै सबैभन्दा धेरै प्रभावित बने। यस दिनमुक्तिनाथकृषिकम्पनी र एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य सकारात्मक सर्किट लेभलमापुगेको छ।

त्यस्तै, ९ प्रतिशत नेपालएसबिआई बैंक ऋणपत्र २०८९ को मूल्य७.०८ प्रतिशत र एभरेष्ट बैंक लिमिटेड इनर्जी बण्ड २०८९ को मूल्य ५ प्रतिशतभन्दाबढीबढेको छ। उता, कारोबारमा समावेश इष्टर्न हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले घट्दै सर्वाधिकगिरावटमा परेको छ। कारोबार रकमकाआधारमा शिवम् सिमेन्ट्स ३७ करोड ६८ लाख रुपैयाँसहितशीर्षमा रह्यो भने एनआरएनइन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टकरिब ३४ करोड रुपैयाँ र राधीविद्युतकम्पनी साढे २४ करोड रुपैयाँभन्दाबढी कारोबार रकमसहितक्रमशः दोस्रो र तेस्रो स्थानमा रहे। समग्रमा, बजार पछिल्लो उकासोपछिको स्वाभाविक सुधार चरणमाप्रवेश गरेको विश्लेषण गरिन्छ।

Post Comment

छुटाउनुभयो कि ?