२३ माघ २०८२, बिहीबार

रामेछाप–काठमाडौं रुटमा नियमित हवाई उडान पुनः सुरु

२२ असोज, काठमाडौं ।

रामेछाप–काठमाडौं हवाई रुटमा पुनः नियमित उडान सुरु भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि र नागरिक समाजको पहलमा मंगलबारदेखि समिट एयर, सिता एयर र तारा एयरले नियमित उडान सञ्चालन गरेका हुन् ।केही दिनयता रामेछाप–लुक्ला रुटमा दैनिक ५० देखि ६० वटा उडान भइरहेकाले रामेछाप–काठमाडौं उडान स्थगित भएको थियो। असोज १७, १८ र १९ गते परेको अविरल वर्षाका कारण विपी राजमार्ग अवरुद्ध भएपछि यात्रुहरूको सहजताका लागि हवाई उडान पुनः सुरु गरिएको हो ।

मन्थलीबाट विपी राजमार्ग हुँदै काठमाडौंसम्मको दूरी करिब १२५ किलोमिटर छ भने चरिकोट हुँदै दोललघाट निस्किएर काठमाडौं पुग्दा करिब २०० किलोमिटर दूरी पर्छ । नागरिक उड्डयन कार्यालय रामेछापका अनुसार अबदेखि प्रत्येक बुधबार समिट एयर, शुक्रबार सिता एयर र शनिबार तारा एयरले रामेछाप–काठमाडौं–रामेछाप रुटमा नियमित उडान सञ्चालन गर्नेछ ।

Post Comment

छुटाउनुभयो कि ?