१३ चैत्र २०८२, शुक्रबार

सर्पको टोकाईबाट एक महिलाको मृ*त्यु

१५ असोज, काठमाडौं।

सर्पको टोकाइपछि उपचारको क्रममा जिल्ला अस्पतालमा एक महिलाको मृत्यु भएको छ । कमलबजार नगरपालिका –३ वयाला निवासी ४२ वर्षीया निर्मला विष्टको घरनजिक सर्पले डस्दा उपचारको क्रममा मृत्यु भएको वडा अध्यक्ष नन्दसिंह कुँवरले जानकारी दिनुभयो ।  अध्यक्ष कुँवरका अनुसार खेतबाट फर्कनेक्रममा मंगलबार बेलुकी करिब ६ बजेतिर घर पछाडितिर सर्पले टोकेको थियो ।

सर्पले टोकेलगत्तै छिमेकी पञ्चदेवल नगरपालिका –४ कालिकास्थानमा रहेको कुच्ची स्वाथ्य चौकीमा उपचारपछि थप उपचारका लागि राति नै जिल्ला अस्पताल मंगलसेन ल्याइएको थियो ।  जिल्ला अस्पतालमा लगेलगत्तै चिकित्सकले मृत घोषणा गरेको वडा अध्यक्ष कुँवरले जानकारी दिनुभयो । मृतकका पति दिपेन्द्र विष्ट रोजगारीको सिलसिलामा विदेश रहनुभएको छ । मृतकको दुई छोरा रहेका छन् ।

Post Comment

छुटाउनुभयो कि ?