तुइनखोला पुलनजिक फेरि खस्यो पहिरो, आवागमन दुईतर्फी बन्द
१३ असोज, काठमाडौं ।
मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुलनजिकै फेरि पहिरो गएको छ । सोमबार (असोज १३) बिहान पहिरो खसेका कारण आवागमन दुईतर्फी बन्द भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । हाल सो क्षेत्रमा पहिरो झर्ने क्रम जारी नै छ । पहिरो झर्न रोकिएपछि मात्र डिभिजनबाट तैनाथ अवस्थामा रहेको उपकरणको माध्यमबाट तत्काल पहिरो हटाउने कार्य सुचारू हुने जनाएको छ ।

“मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला पुलनजिकै पहिरो खसेर आवागमन दुईतर्फी बन्द भएको छ,” कार्यालयले भनेको छ, “पहिरो झर्ने क्रम जारी नै भएकोले पहिरो झर्न रोकिएपछि मात्र डिभिजनबाट तैनाथ अवस्थामा रहेको उपकरणको माध्यमबाट तत्काल पहिरो हटाउने कार्य सुचारू हुनेछ ।” पहिरो अवधिभर रोकिएका सवारीसाधनहरू लेन अनुशासनको पालना गरी सावधानीपूर्वक रहन अनुरोध गरिएको छ ।

Related posts:
इन्धन मूल्यवृद्धिपछि भाडा समायोजन नगरे सेवा अवरुद्ध गर्ने चेतावनी
इनिशा बिक प्रकरण : प्रहरीले अनुसन्धान प्रतिवेदन बुझायो
ट्रेड युनियन खारेज गर्नु भनेको त संवैधानिक अधिकार नै खारेज गर्नु हो : नेता स्वाँर
तोकिएको मितिमा स्वच्छ, निष्पक्ष निर्वाचन सम्पन्न गर्नु लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि हो : प...



Post Comment