१० चैत्र २०८२, मंगलवार

सल्यानमा यात्रुवाहक गाडी दुर्घटना, ३ जनाको मृ*त्यु

१२ असोज, काठमाडौं ।

पश्चिम रुकुमको बाँफिकोट दाङ आउँदै गरेको यात्रुवाहक फोर्स गाडी सल्यानमा दुर्घटना भएको छ ।  आइतबार बिहान भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । कपुरकोट गाउँपालिका–३ स्थित चोरखोला नजिक भएको दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते छन् ।  प्रहरीका अनुसार लु २ ख ६५०२ नम्बरको गाडी सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।

घटनास्थलमै एक महिला र दुई पुरुषको ज्यान गएको हो भने, एक पुरुष र एक महिला गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय, सल्यानका इन्स्पेक्टर रेशम खत्रीले लोकान्तरलाई जानकारी दिए ।  घाइतेहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको इन्स्पेक्टर खत्रीले बताए ।

Post Comment

छुटाउनुभयो कि ?