महाराजगञ्जमा प्रहरीको हत्या गर्ने थप अर्का आरोपी पक्राउ
८ असोज, काठमाडौं ।
जेनजीको प्रदर्शनका क्रममा भदौ २४ गते प्रहरी वृत्त महाराजगञ्जका प्रहरीको हत्या गरेको आरोपमा थप एक अर्का आरोपी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुपाल्चोकका ओम पौडेललाई मंगलबार पक्राउ गरेको हो । यसअघि, प्रहरीकै हत्यामा संलग्न काभ्रेका युवराज क्यापछाकीलाई पनि पक्राउ गरेको थियो ।

उनीहरू दुवैविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको छ । प्रदर्शनमा उत्रिएका युवाले महाराजगन्जमा कार्यरत दुई प्रहरी मिलन राय र उत्तम थापामाथि कुटपिट गरी हत्या गरेका थिए । घटनामा संलग्न अन्यको पनि खोजी जारी छ । प्रहरीले तस्बिर तथा भिडियोका आधारमा अनुसन्धान गरेर प्रदर्शनका क्रममा तोडफोड, आगजनी र लुटपाट गर्नेमाथि कारबाही थालेको छ ।

Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment