२४ माघ २०८२, शुक्रबार

मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

६ असोज, काठमाडौं ।

मुग्लिन–नारायणगढ सडकको तुइन खोला नजिकै पहिरो गएपछि एकतर्फी खुलेको राजमार्ग साँझ साढे ५ बजेदेखि दुईतर्फी खुलेको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार अहिले पहिरो पूर्णरूपमा हटाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको छ ।

दुईतर्फी सडक खुलाउन यहाँ आज आवागमन रोकेर काम गरिएको थियो । रातको समयमा ढुंगा खस्ने जोखिमका कारण यातायात गत राति रोकिएको थियो । शुक्रबार साँझबाट अवरुद्ध भएको सडक आइतबार साँझमात्र एकतर्फी खुलेको थियो ।

Post Comment

छुटाउनुभयो कि ?