युनिटी कप टी–२० खेल्न राष्ट्रिय टिमले पायो यूएईको भिसा
५ असोज, काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टिमले संयुक्त अरब इमिरेट्स (यूएई) को भिसा प्राप्त गरेको छ । नेपाली टिम युनिटी कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुन सोमबार यूएई उड्ने नेपाल क्रिकेट संघ क्यानले एक विज्ञप्ति जारी गर्दै आइतबार जानकारी गराएको हो ।

प्रतियोगिता सेप्टेम्बर २७ देखि ३० सम्म शारजाहमा सञ्चालन हुनेछ । क्यानले यसअघि नै रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरिसकेको छ ।





Post Comment