२४ माघ २०८२, शुक्रबार

मनाङको प्रदेशसभा- २ मा कात्तिक १७ मै उपनिर्वाचन हुने

३० भदौ, काठमाडौं ।

मनाङको प्रदेश सभा क्षेत्र नम्बर २ मा कात्तिक १७ मै उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले सोमबार प्रतिनिधि सभा अन्तर्गत रूपन्देहीको क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचन रद्द गरेको छ । तर, मनाङको प्रदेश सभा क्षेत्र २ मा उपनिर्वाचन गर्ने विषयमा केही निर्णय भएको छैन । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले प्रतिनिधि सभा विघटन भएकोले प्रतिनिधि सभा अन्तर्गत रूपन्देहीको क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचन रद्द गरेको बताए ।

‘तर, प्रदेशको हकमा अन्यथा निर्णय नभएकोले केही बोलिरहनुपरेन । मनाङको प्रदेश सभा क्षेत्र २ मा कात्तिक १७ मै उपनिर्वाचन हुन्छ’ सूचना अधिकारी घिमिरेले भने । ४ मंसिर २०७९ मा सम्पन्न प्रदेश सभा क्षेत्र निर्वाचनमा मनाङ प्रदेश सभा क्षेत्र २ बाट स्वतन्त्र उम्मेदवार राजिव गुरूङ (दीपक मनाङे) निर्वाचित भएका थिए । ज्यान मार्ने उद्योग गरेको मुद्दामा दीपक मनाङेलाई सर्वोच्च अदालतले जेल सजाय सुनाएको थियो । यही मुद्दामा सर्वोच्चले गण्डकी प्रदेश सभा सदस्यको हैसियतमा पदमा बस्न मनाङे अयोग्य रहेको फैसला गरेको थियो । त्यसयता मनाङ प्रदेश सभा क्षेत्र २ रिक्त छ ।

Post Comment

छुटाउनुभयो कि ?