११ चैत्र २०८२, बुधबार

पोखरामा मृ*त फेला परेकी युवती दोलखाकी भएको पुष्टि

२६ भदौ, काठमाडौं ।

पोखरामा मृत फेला परेकी युवती दोलखाकी भएको पुष्टि भएको छ । दोलखाको वैतेश्वर गाउँपालिका-८ छेत्रपा फेदीकी स्वस्थानी खड्का रहेको उनका छिमेकी पुष्कर अधिकारीले बताए  अधिकारीका अनुसार स्वस्थानी काठमाडौंमा काम गर्ने भए पनि कामको सिलसिलामा पोखरा पुगेकी थिइन ।

उनको शव लिन भिनाजु र भाइ पोखरा गएका छन् । दोलखामा रहेका स्वस्थानीका बुबा आमा काठमाडौं जाँदै गरेको अधिकारीले जानकारी दिए । स्वस्थानीको पोखरा लेकसाइड अंशुभरा स्क्वायरमा भएको आगलागीमा मृत्यु भएको थियो । खड्काको बुधबार जलेको अवस्थामा शव फेला परेको थियो ।

Post Comment

छुटाउनुभयो कि ?