सर्वोच्च अदालतका मुद्दाको सुनुवाइ स्थगित
२५ भदौ, काठमाडौं ।
सर्वोच्च अदालतले आजका लागि तोकिएका मुद्दाहरूको पेशी अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ । अदालतले आज जारी गरेको सूचनामा उल्लेख भएअनुसार भदाै २४ गतेका लागि तोकिएका मुद्दाहरूको पेशी हाललाई स्थगित गरिएको हो ।

यस्तै भोलीदेखिका पेशीमा रहेका मुद्दाहरूको सुनुवाइ अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ । सर्वोच्च अदालतले यसबाट सेवाग्राहीलाई पर्न सक्ने असुविधाप्रति दुःख व्यक्त गरेको छ । जेन जी आन्दोलनकारीहरूले अदालतमा आगजनी गर्दा अदालत पूर्णरुपमा जलेको छ । अदालतमा रहेका मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment