प्रधानमन्त्री ओलीको राजीनामा राष्ट्रपतिद्वारा स्वीकृत
काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । उनले मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै आज पदबाट राजीनामा दिएको उनको सचिवालयले जनाएको छ । उक्त राजीनामा मंगलबार अपराह्न नै राष्ट्रपति रामचन्द्र पाैडेलद्वारा स्वीकृत भएकाे छ ।

विक्रम संवत् २०८१ असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त हुनुभएका उहाँले संविधानसम्मत् राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि संविधानको धारा ७७ (१) (क) बमोजिम आजैका मितिदेखि लागू हुनेगरी पदबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । जेनजी आन्दोलन उग्र बन्दै गएपछि स्थिति नियन्त्रणभन्दा बाहिर गएकाले प्रधानमन्त्री पद छाड्न तयार भएका हुन् ।

Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment