हेटौंडा र मनहरीमा जेनजीहरूको प्रदर्शन, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
२४ भदौ, हेटौंडा ।
मकवानपुरको दुई मुख्य सहरी क्षेत्रमा जेनजीहरू प्रदर्शनमा उत्रिएका छन् । हेटौंडा र जिल्लाको पश्चिकी क्षेत्रस्थित मनहरी बजारमा प्रदर्शन भएको छ । मनहरी बजारस्थित पूर्व–पश्चिम राजमार्गमा प्रदर्शनकारीहरूले टायर बालेका छन् ।

पुर्व–पश्चचिम राजमार्ग अवरुद्ध भएको स्थानीय शिवकुमार रिजालले जानकारी दिए । हेटौंडाको १६ नम्बर वडास्थित हटियामा पनि प्रदर्शन जारी छ । हेटौंडाको मुख्य बजार क्षेत्रमा छुट्टाछुट्टै समूहमा प्रदर्शन भएको छ । प्रहरीले हेटौंडाको सुरक्षमा व्यवस्था कडा बनाएको छ ।
Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान




Post Comment