संसद भवन अगाडि जेनजी प्रदर्शनमा प्रहरीले हान्यो अश्रुग्यास
२३ भदौ, काठमाडौं ।
भ्रष्टाचार, बेथिति र अनियमिताविरुद्ध जेनजीले गरेको प्रदर्शनमा काठमाडौंमा प्रहरीले अश्रुग्यास हानेको छ। बिहान ९ बजेदेखि माइतीघरबाट सुरु भएको प्रदर्शनमा बानेश्वरमा पुगेका प्रदर्शनकारीविरुद्ध प्रहरीले अश्रुग्यास हानेको हो। जेनजीले आज देशैभर सरकारविरुद्ध प्रदर्शन गरेका छन्।

पछिल्लो समय सरकारले सामाजिक सञ्जालहरु नै बन्द गरेपछि जेनजी आक्रोशित थियो। उनीहरुले योसँगै भ्रष्टाचारविरुद्ध भन्दै सामाजिक सञ्जालबाटै विरोध प्रदर्शनको आयोजना गरेका हुन्। सो क्रममा शान्तिपूर्ण रुपमा सुरु भएको प्रदर्शन बानेश्वरतिर अगाडि बढेको थियो।

Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment