रेडक्रस तदर्थ समिति विरुद्ध सर्वोच्चमा रिट
१० भदौ, काठमाडौं ।
नेपाल रेडक्रस सोसाइटीको विनोदकुमार शर्माको नेतृत्वमा रहेको तदर्थ समिति विघटनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। डा. सुदर्शन नेपाल नेतृत्वको अघिल्लो समितिले वर्तमान समितिलाई गैरकानुनी ठहर गर्दै रिट दायर गरेका हुन्।
रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइएफआरसीले पनि समितिलाई निलम्बन गरिसकेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहितका निकायलाई विपक्षी बनाउँदै रिट दायर गरिएको हो। न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा आज सुनुवाइ हुँदैछ।





Post Comment