११ श्रावण २०८२, शनिबार

थाइल्यान्ड–कम्बोडियाबीचको द्वन्द्व दोस्रो दिनमा : १६ जनाको मृ*त्यु, हजारौँ विस्थापित

९ साउन, काठमाडौं ।

थाइल्यान्ड र कम्बोडियाबीचको लडाइँ शुक्रबार दोस्रो दिनमा प्रवेश गरेको छ । बिहीबार सुरु सैन्य तनावमा हालसम्म कम्तीमा १६ जनाको मृत्यु भएको छ । दशौँ हजारजना विस्थापित भएका बीबीसीले जनाएको छ । विश्व नेताहरूले युद्धविरामको आह्वान गरिरहेका छन् । विवादित सीमामा बिहीबार भीषण लडाइँ सुरु भएको थियो । त्यसले एक शताब्दीभन्दा पुरानो दुई दक्षिणपूर्वी एसियाली छिमेकीबीचको विवादको नाटकीय वृद्धिलाई संकेत गरेको छ ।

थाइल्यान्डका उबोन रत्चाथानी र सुरिन प्रान्तमा भएको झडपमा दर्जनौँ घाइते छन् । र, एक लाखभन्दा बढी सर्वसाधारण विस्थापित भएका जनाइएको छ ।कम्बोडियाको ओड्डार मिन्चे प्रान्तमा एक हजार ५०० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । यसैबीच, मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले दुवै देशका नेतालाई तत्काल युद्धविरामका निम्ति अपिल गरिएको बताएका छन् । “म थाइल्यान्ड र कम्बोडिया दुवैले देखाएको सकारात्मक संकेत र अगाडि बढ्ने यो मार्गलाई विचार गर्ने इच्छुकताको स्वागत गर्छु,

” दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संघ (आसियान)का अध्यक्ष समेत रहेका अनवरले फेसबुकमा लेखेका छन् । थाइल्यान्डले हालसम्म १४ सर्वसाधारण र एक सैनिकको मृत्यु भएको जनाएको छ । कम्बोडियाको ओड्डार मिन्चे प्रान्तका प्रान्तीय अधिकारीले कम्तीमा एक सर्वसाधारणको मृत्यु भएको जनाएका छन् । संयुक्त राज्य अमेरिकाले पनि तत्काल शत्रुता समाप्त गर्न र सर्वसाधारणको संरक्षण र द्वन्द्वको शान्तिपूर्ण समाधानका निम्ति आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?