८ श्रावण २०८२, बुधबार

जलवायु परिवर्तनको असर प्रत्यक्ष देखिएको छ, रसुवागढीको घटना यसकै परिणाम होः देउवा

६ साउन, काठमाडौं । 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनको असर नेपालका विभिन्न क्षेत्रहरुमा प्रत्यक्ष देखिएको भन्दै न्युनिकरणका लागि पहल गर्नुपर्नेमा जोड दिनुभएको छ । मंगलवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको विभिन्न भूभागमा जलवायु परिवर्तनका प्रत्यक्ष असर देखिरहेको बताउँदै हिमाली क्षेत्रमा हिमताल विष्फोट हुने क्रम बढिरहेको बताउनु भयो ।

रसुवागढीमा हालै भएको घटना जलवायु परिवर्तनका कारण हिमताल विष्फोट हुँदाको परिणाम भएको बताउनु भयो । संसारभर नै जलवायु परिवर्तनको असर निरन्तर बढिरहेको बताउनु भयो ।  सभापति देउवाले भन्नुभयो, ‘हाल नेपालको विभिन्न भूभागमा जलवायु परिवर्तनका प्रत्यक्ष असर देखिरहेका छन् । हिमाली क्षेत्रमा हिमताल विष्फोट भएको छ । रसुवाको रसुवागढी भन्दा माथि हिमताल फुटेर त्यत्रो ठूलो बाढी आएर भयावह अवस्था भयो । धेरै मानिसको ज्यान गएको छ ।

मेलम्चीमा धेरै बाढी आएको थियो । ठूलो क्षति भएको थियो । हिमताल फुटेर नेपालमा धेरै ठूलो समस्या ल्याएको छ । संसारभर नै जलवायु परिवर्तनको असर बढेको छ । धेरै देशहरु जागरुक भएका छन् । जलवायु परिवर्तनलाई कुनैपनि हालतमा न्युनिकरण गरेर जानुपर्छ । यसले भोलिका दिनमा धेरै समस्या निम्त्याउनेछ । सभापति देउवाले नेपालमा जलवायु परिवर्तनको असर डरलाग्दो बनेको बताउनु भयो । जलवायु परिवर्तनको असर कम गर्न विद्युतीय सवारीको प्रयोग बढाउनुपर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?