मेयर बालेन्द्र शाहले बोलाए कार्यपालिका बैठक
२६ असार, काठमाडौं ।
काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले कार्यपालिका बैठक बोलाएका छन्। मेयर शाहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएका हुन्।
मेयरको सचिवालयका अनुसार त्यसअघि १२ बजे बजेट स्रोत अनुमान र सीमा निर्धारण समितिको बैठक बस्नेछ । शुक्रबारकै कार्यपालिका बैठकले नगर सभाको मिति तोकेर असार मसान्तभित्रै बजेट पास गर्ने तयारी महानगरको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment