सेतो कोटसहित चिकित्सकहरू सडकमा, बिरामीको बिचल्ली
२४ असार, काठमाडौं ।
उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति असहमति जनाउँदै नेपाल चिकित्सक संघ आन्दोलित भएको छ ।देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरेका चिकित्सकहरू मंगलबार सेतो कोटसहित सडकमा उत्रिएका छन् । उपत्यकाभित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले माइतीघर मण्डलामा धर्ना दिँदै बिजुली बजारसम्म र्याली निकालेका हुन् ।
संघले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई १७ असारदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेको थियो । त्यसपछि सोमबारदेखि आकस्मिकबाहेकका सेवा ठप्प पारेका हुन् । आन्दोलनका कारण बिरामीको बिचल्ली भएको छ । ओपीडी बन्द हुँदा टाढा-टाढाबाट आएका बिरामी समस्यामा परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment