देशभर बढेको केबलकार निर्माणको गति, एक खर्ब बढी लगानी हुँदै
२२ असार, काठमाडौं ।
जलविद्युतमा निजी क्षेत्रले ठूलो लगानी गरिरहेको छ । निजी लगानीमा अहिलेसम्म झन्डै तीन हजार मेगावाट बिजुली उत्पादन भइसकेको छ । सेयर बजारमा बजार पुँजीकरणको हिसावले जलविद्युत् क्षेत्र १५.५ प्रतिशत हिस्सासहित दोस्रो स्थानमा छ । जलविद्युतमा जस्तै अहिले निजी क्षेत्रले एक खर्ब रुपैयाँ भन्दा बढी रिसोर्टसहित केबलकार पूर्वाधारमा लगानी बढाइरहेका छन् । निजी लगानीमा देशभरि धमाधम केबुलकार निर्माण हुन थालेको छ ।
नेपालका धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थल, पहाडहरुमा अहिले केबलकार निर्माणको लहर नै आएको छ । केबलकारमा पनि बैंकहरुले लगानी गरिरहेका छन् । चितवन को–ई समूहले मनकामना केबलकार बनाएको दुई दशकपछि निजी क्षेत्र आक्रामक भएर यसमा लगानी बढाएको हो । मुलुकको पूर्वदेखि पश्चिमसम्म जलविद्युत जस्तै केबलकार पूर्वाधार निर्माण भइरहेका छन् । मनकामना केबलकारले मनकामनामा रिसोर्ट सञ्चालनमा ल्याइकेको छ भने पोखरामा अर्को केबलकार बनाइरहेको छ ।
Post Comment