सुनचाँदी व्यावसायीको प्रदर्शन आज पनि जारी

२० असार, काठमाडौं ।
सुनचाँदी व्यवसायीहरुले आज शुक्रबार पनि राजधानी काठमाडौँमा आफ्नो प्रदर्शन जारी राखेका छन्। नेपाल सुनचाँदी कला व्यवसायी संघ, काठमाडौँ सुनचाँदी व्यवसायी संघ, नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समिति लगतायतले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजीको माग गर्दै प्रदर्शन गरेका छन्।

सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र हिरा पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्ने माग उनीहरूको रहेको छ। यसको विरोधमा उनीहरू लामो समयदेखि पसल बन्द गरेर सडकमा उत्रिएका हुन्। आज पनि उनीहरूले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्यालीसहित कोणसभाको कार्यक्रम गरिरहेका छन्।

Related posts:
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान
ओली, लेखक, खापुङमाथि १० वर्ष कैद सिफारिस तोकिएको कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने तयारी



Post Comment