१५ असार २०८२, आईतवार

चन्दा पासवानको विवाह हिन्दु सम्राट सेनाको सहयोगमा

१५ असार , सर्लाही ।
मलंगवा नगरपालिका–३ निवासी स्वर्गीय राम दयाल पासवानकी छोरी चन्दा पासवानको विवाह हिन्दु सम्राट सेना सर्लाहीको सक्रियतामा सम्पन्न भएको छ। विवाह गएको शुक्रबार, असार १३ गते हिन्दु परम्पराअनुसार विधिपूर्वक सम्पन्न गरियो। पिता स्वर्गीय राम दयाल पासवानको निधनपछि आर्थिक रूपमा कमजोर अवस्थामा रहेको परिवारमा छोरीको विवाह कसरी गर्ने भन्ने विषयमा ठूलो तनाव थियो।

आमा लगायत परिवारका सदस्यहरू चिन्तित थिए। सोही समयमा हिन्दु सम्राट सेना सर्लाही र केही स्थानिय समाजसेवीहरूको समन्वयमा विवाहको सम्पूर्ण जिम्मेवारी लिइयो। विवाहमा समाजसेवी सोहन झाले आफ्नै छोरी सम्झी कन्यादान गरेका थिए। हिन्दु परम्पराअनुसार कन्यादानलाई ‘महादान’ मानिने चलन अनुरूप विधिपूर्वक विवाह सम्पन्न गरियो। स्थानीय बासिन्दाहरूले यस प्रकारको सामाजिक सहकार्यलाई उदाहरणीय भन्दै सराहना गरेका छन्। विवाहमा स्थानीयहरूको समेत उपस्थिति रहेको थियो। विवाह सफलतापूर्वक सम्पन्न भएकोमा चन्दा पासवानकी आमा र परिवारका सदस्यहरूले हिन्दु सम्राट सेना सर्लाही, समाजसेवी सोहन झा र सहयोगी सबैप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?