९ चैत्र २०८२, सोमबार

भारततर्फ लैजाँदै गरेको ३०० किलो चरेससहित पर्साबाट एकजना पक्राउ

१२ असार, काठमाडौं ।

प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेस बरामद गरेको छ । बुधबार (असार ११) बेलुका पर्साको परवानीपुरबाट करिब ३१७ किलो चरेस बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ । परवानीपुरबाट वीरगन्जस्थित सुक्खा बन्दरगाहतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकबाट उक्त चरेस बरामद गरिएको हो ।

पर्सा प्रहरी स्रोतका अनुसार, चरेस भारततर्फ लैजान लागिएको थियो । उक्त चरेससहित प्रहरीले ट्रकका चालक मकवानपुरको थाहा नगरपालिका–१२ का ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तानलाई पक्राउ गरेको छ । स्याङ्तानको साथबाट एक लाख ९२ हजार रुपैयाँ नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

Post Comment

छुटाउनुभयो कि ?