हेटौँडामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

५ असार, काठमाडौं ।
मकवानपुरको हेटौँडामा बिहीबार (असार ५) दिउँसो भारी वर्षा भएको छ । हेटौँडा वर्षा मापन केन्द्र र आसपास क्षेत्रमा पछिल्लो तीन घण्टामा मध्यमदेखि भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कर्रा नदीलगायत उक्त क्षेत्र भई बहने साना खोलामा जलसतह बढ्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

असार ५ साँझ ३ः३५ बजे । मकवानपुर जिल्लास्थित हेटौँडा वर्षा मापन केन्द्र र आसपासको क्षेत्रमा पछिल्लो तीन घण्टामा मध्यमदेखि भारी वर्षा भएको छ,” विभागले जारी गरेको सूचनामा उल्लेख छ, “कर्रा नदीलगायत सो क्षेत्र भई बहने स–साना खोलाहरूमा जलसतह बढ्ने हुँदा तटीय क्षेत्रहरूमा सतर्कता अपनाइराखौँ ।”

Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment