१७ चैत्र २०८२, मंगलवार

अफताब आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध पीडितले दिए उजुरी

३ असार, रौतहट ।

रौतहट बमकाण्डका आरोपित कांग्रेस नेता मोहम्मद अफताब आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध न्याय परिषद्‌मा उजुरी परेको छ। बम काण्डमा मारिएका त्रिलोकप्रताप सिंह (पिन्टु)का बाबु श्रीनारायण सिंह राजपुतले न्यायपरिषद्‌मा उजुरी दिएका हुन्। उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय डा खुसीप्रसाद थारु र अर्जुन महर्जनको कार्यक्षमता र आचरणमा प्रश्न उठाउँदै सोमबार उजुरी दिएका हुन्।

रौतहट जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा ०८१ वैशाख ३ गते आलमसहितलाई जन्म कैदको फैसला सुनाएको थियो। उक्त फैसलाविरुद्ध आलमले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा पुनरावेदन दिएका थिए। उक्त मुद्दामा सुनुवाइ गर्दै गत जेठ १४ गते थारु र महर्जनको इजलासले जेलमुक्त हुने आदेश गरेका थिए।

Post Comment

छुटाउनुभयो कि ?