देउवाले १० महिनापछि बोलाए कांग्रेस केन्द्रीय कार्यसमिति बैठक
३० जेठ, काठमाडौं ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले आगामी असार १५ गते बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले असार १५ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने जानकारी दिए । कांग्रेसको पछिल्लो केन्द्रीय कार्यसमिति बैठक ०८१ साउन २३ देखि भदौ १६ गतेसम्म चलेको थियो ।
उक्त बैठकबाट कांग्रेसले ललितपुरको गोदावरीमा ०८० फागुन ७ देखि १० गतेसम्म चलेको महासमिति बैठकका सबै प्रस्तावहरू परिमार्जनसहित पारित गरेको थियो । यसबीचमा कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमिति बैठकहरू भने बोलाउने गरेको थियो । तर, ती बैठकहरूमा प्रायः शोक प्रस्तावहरू पारित हुने गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment