११ चैत्र २०८२, बुधबार

विपक्षीलाई एमालेको जवाफ- रास्वपाको ५ बुँदे प्रस्तावमा छलफल नै हुँदैन

२८ जेठ, काठमाडौं ।

सत्तारुढ दल नेकपा एमालेका सचिव योगेश भट्टराईले भिजिट भिसा प्रकरणमा रास्वपाले पठाएको पाँच बुँदे प्रस्तावमा छलफल नै हुन नसक्ने बताएका छन् ।संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भोलिसम्म पनि अवरुद्ध रहे आफ्नो नियमावलीअनुसार संसद चल्ने बताए ।उनले भने, ‘हामीले माओवादीसँग गरेको दुई बुँदे सहमतिको प्रयासमा रास्वपाको असहमति छ ।

रास्वपाले पठाएको पाँच बुँदे प्रस्तावमा छलफल नै हुँदैन । त्यसमा जान सकिँदैन, हामी माओवादीले ड्राफ्टसहित पठाएको कुरामा सहमत छौँ ।’सांसद भट्टराईले विपक्षी दलले भोलिसम्म छलफलको लागि समय माग गरेको भएकाले ३ बजे राखेको पनि बताए । उनले विगतमा पनि विपक्षीको नाराबाजीबीच संसद चलेको इतिहास रहेको भन्दै सभामुखमा निर्भर हुने बताए । माओवादीका नेताहरू रास्वपाको पाँच बुँदे प्रस्तावमा सहमत नभएको सांसद भट्टराईले दाबी गरे । तर आज बसेको विपक्षी दलको बैठकले रास्वपाको पाँच बुँदे प्रस्तावमा समर्थन जनाउने निर्णय गरेको थियो ।

Post Comment

छुटाउनुभयो कि ?