२५ जेष्ठ २०८२, शनिबार

पहिरोले नेपाल–चीन सीमाको ७१ नम्बर स्तम्भ पुरियो

२४ जेठ, सङ्खुवासभा ।

सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्कामा बाढीले नेपाल–चीन सिमानाको सीमास्तम्भ पुरिएको छ ।अविरल वर्षासँगै आएको बाढीले उत्तरी क्षेत्र भोटखोला–१ किमाथाङ्का नाका नजिकै रहेको ७१ नम्बरको सीमास्तम्भ पुरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख अभिषेक श्रेष्ठले जानकारी दिए ।

बाढीले नेपाल–चीन सिमानामा नेपालतर्फ रहेको ७१ नम्बरको सीमास्तम्भ पुरिएको हो । भोटखोला–१ स्थित दोङ्गोप्पा खोला र छोकाङ खोलामा यही जेठ १८ गते आएको बाढीले सीमास्तम्भ बगाएको निमित्त प्रहरी प्रमुख श्रेष्ठले बताए । उनका अनुसार बाढीले ७१ नम्बरको सीमास्तम्भ पुरिएर हराएको छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी चौकी किमाथाङ्काबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माथिल्लो क्षेत्रमा केही दिनयता लगातार वर्षा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?